नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2243 · वि.सं. २०४२
नि.नं. 2243 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
अधिकार प्राप्त मोही भएको यथार्थ प्रमाणद्वारा पुष्टि गर्न सकेको पाइँदैन । जग्गाधनीबाट भर्पाई लिएको छु भन्ने लिएको जिकिरको सम्बन्धमा हेर्दा पनि त्यस्तो कबुलियत भर्पाई एकप्रति स्थानीय पञ्चायतमा दाखिल गराउन पर्ने कुरा भूमिसम्बन्धी ऐनको ३४(१) मा व्यवस्था गरेको पाइन्छ तर रिट निवेदकले सो प्रकृया पूरा गरेको पाइँदैन । अतः त्यस्तो रसिदलाई कानुनी मान्यता भएको र जग्गा बिक्री वितरण गर्दा निजले नै अग्राधिकार पाउनु पर्दछ भन्ने स्थिति देखिन आएन । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2243 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/01/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2243 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
