सार्वजनिक सुरक्षा ऐन अन्तर्गत सोही ऐनको दफा ३(१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न निवेदकलाई नजरबन्दमा राख्ने आदेश दिई थुनामा रहेकोलाई गैरकानुनी थुनामा राखेको भन्न सकिने स्थिति नहुने । (प्रकरण नं.१४)
जरिवाना र बिगो वापतमा ऐन बमोजिम कैद ठेकी थुनामा रहेको हुँदा गैरकानुनी थुनामा रहेको भन्ने नदेखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.१०)
अंश वापत रु. ५००। पाइसकेको भन्ने पुष्टि हुन नआएको र अ.बं. २४ नं. अनुरूप रीतपूर्वकको लिखत भएको समेत नदेखिएको अवस्थामा सो विवादको अंश छोडपत्रको लिखत पास हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२१)
स्थापित भएको मिल प्रा.लि.बन्द भई क्षतिभएकोमा मिलकै क्षति भएको भन्नु पर्ने । (प्रकरण नं.१४) मैदा मिल प्रा.लि.बन्द हुँदा भएको क्षतिमा मिलले नै उजूर गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०२१ को दफा ७ को उपदफा (२) अनुसार मिल प्रा.लि.तर्फबाट क्षतिपूर…
अदालतको आदेश बमोजिम विशेषज्ञ जाँच हुँदा समेत बोल्न समर्थ देखिएको भन्ने विशेषज्ञको राय भएको वीर अस्पतालको पत्रबाट देखिएकोले अ.बं. २५ नं. को विपरीत कागज भएको भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१४)
साक्षीहरूको रोहवरमा रूपैयाँ लिनदिनु गरी राजीनामा कागज भएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिएकोबाट त्यस्तो लिखत ऐनको रीत पुगेको नदेखिँदा लिखत पारित हुने ठहर्याएको इन्साफ मिलेको देखिएन । (प्रकरण नं.१३)
कृतिको मूल्यांकन गर्न पाउने अधिकार निजामती सेवा नियमावली, २०२१ को नियम ३,५(४) को देहाय (ज) बमोजिम गठित मूल्यांकन समितिलाई नै भएकोले कृति वापत भएको मूल्यांकन र सो आधारमा प्रदान गरिएको अंकको बारेमा अन्यथा हुने भन्ने प्रश्न उठ्न नसक्ने । (प्रकरण नं.११)
खूद आयमा मात्र कर निर्धारण गर्नु पर्नेमा त्यसरी कर निर्धारण नगरी घर बहालको कूल आयमा नै कर निर्धारण गर्ने गरी कर कार्यालय काठमाडौंले गरेको आदेश त्रुटिपूर्ण हुने । (प्रकरण नं.१४)
हेलचेक्र्याईबाट होस् नपुर्याई यो यस्तो विष्फोटक हो ज्यान जान सक्छ भन्ने कुरा नसोची प्र.हरूले मृतकलाई दिएको र निजले पनि सिलौटामा राखी थिची दिँदा निजको ज्यान मर्न गएको देखिएकोले सो कसूर भवितव्यबाट हुने ठहर्छ । (प्रकरण नं.१४)
२०२४।१०।१७ देखि उत्पादन शुरू गरेकोले पछि बनेको ऐनले तत्काल प्रचलित कानुन बमोजिम पाएको सुविधामा असर पार्न सक्दैन निवेदक कम्पनीले उत्पादन शुरू गरेको मितिमा प्रचलित कानुन औद्योगिक व्यवसाय ऐन, २०२८ को दफा ९(१) ले १० वर्षसम्म आयकर छुट पाउने गरेको व्यवस्थालाई प्रतिक…
जग्गा प्राप्ति ऐन, २०३४ अन्तर्गतको रीत पुर्याई भएको यस्तो जग्गा प्राप्ति र मुआब्जा सम्बन्धी निर्णयहरू उपर माथि उल्लेख गरे बमोजिम पुनरावेदन लाग्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै संविधानको धारा ७१ को आधारमा रिट निवेदक रिट क्षेत्रभित्र प्रवेश गरेकोलाई उचित भन…
उपचार माग्न आउनेले शुद्ध हातले अदालत प्रवेश गरेको हुनुपर्दछ, वास्तविक कुरा छिपाई कलुषित मनसायबाट अदालतमा प्रवेश गरेमा यस अदालतको असाधारण अधिकार क्षेत्रबाट उपचार नमिल्ने हुँदा निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.११)
आफ्नी स्वास्नीसँग रातमा सँगै बसेको अवस्थामा देखी रिस थाम्न नसकी मारेको देखिएकोले सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को हुने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ नै पर्याप्त हुने । (प्रकरण नं.६५)
ज्यान मार्ने सम्मको मनसायको अभावमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम प्रतिवादीलाई १० वर्ष कैदको सजायँ गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुने । (प्रकरण नं.१३)