उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को (१) मा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुनसक्ने भन्ने व्यवस्था गरेको नपाइने । (प्रकरण नं. १२ र १३)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३९ / ४४०
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को (१) मा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुनसक्ने भन्ने व्यवस्था गरेको नपाइने । (प्रकरण नं. १२ र १३)
नजिर सार पढ्नुहोस् →अंश
घर जग्गाहरू आफ्नो–आफ्नो नाममा ७ नं.लगत भरेको बिक्री व्यबहार गरेको नापीमा दर्ता गरेको समेत प्रमाणहरूबाट वादीका बाबु छँदै अघि नै अंशबण्डाको ३० नं.बमोजिम अंशबण्डा भई छुट्टा छुट्टै भोग दर्ता व्यवहार गरेको भन्ने देखिन आयो । यस स्थितिमा अंश पाउनु पर्छ भन्ने वादीको प…
नजिर सार पढ्नुहोस् →मोही बेदखली गरे भन्ने मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने ठहर्छ भनी गरेको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →दावी नै नभएको कुरामा प्रत्यर्र्थी भू.सु.का.सर्लाही आफैंले मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने भनी गरेको प्रत्यर्थि भूमि सुधार कार्यालय सर्लाहीको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →सम्भाव्य हकको प्रचलन गराउने माध्यम रिट क्षेत्र होइन । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →सवारी ज्यान
सवारी ऐन, २०२० को दफा ५१ को बर्खिलाफ सवारी हाँकेको भन्ने देखिएकोबाट ज्यानसम्बन्धीको ६ नं.अनुसार कैद महिना दश र जरिवाना रु.२५०।– सजायँ हुने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको र मोटरसाइकल क्षती भएबापत क्षतिपूर्ति रु.३,९२२।३१ भरी पाउने ठहराएको सम्म इन्स…
नजिर सार पढ्नुहोस् →मोही नामसारी गरिपाउँ भनी दावी लिई परेको निवेदन र प्रत्यर्थी जग्गाधनीहरूको मोही लगत कट्टा गरिपाउँ भन्ने छुट्टा छुट्टै परेको निवेदनहरूको छुट्टा छुट्टै मिसिल खडा गरी छुट्टा छुट्टै निर्णय गर्नु पर्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →अंशबण्डाको २१ नं. को आधारमा वादी दावी लाग्न नसक्नेमा त्यस्तो दावी भएको फिरादपत्रबाट तहकिकात इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने । (प्रकरण नं.१३)
नजिर सार पढ्नुहोस् →भए गरेको कारवाहीमा भिन्नता देखिन आएकोले सो नजीर लागू हुन सक्ने स्थिति देखिन आएन । (प्रकरण नं.१२)
नजिर सार पढ्नुहोस् →ठूलो सजायँ निवेदकले भुक्तान गरी सकेपछि मात्र कानुनी हक हनन् हुने कुराको हकको सिर्जना हुने । (प्रकरण नं.८)
नजिर सार पढ्नुहोस् →मोही सम्बन्धी हक भू.सं.ऐन, २०२१ को दफा २६(१) ले व्यवस्था गरे बमोजिमको शर्तको अधीनमा रही प्राप्त हुने भोगाधिकार हो । मोहीको मृत्युपछि निजको मोही सम्बन्धी हक समाप्त हुन्छ र दफा २६ (१) ले गरे मुताविकको प्रकृया पूरा गरेपछि यो हक निजको पति, पत्नी वा छोराहरूमा पुनः…
नजिर सार पढ्नुहोस् →मृतकलाई मार्ने सल्लाह गरी मर्नेको घरमा गई झ्याल ढुङ्गाले तोडी कुटपीट गरेकोबाट प्र.अभियुक्तहरूको मार्ने मनसाय थिएन भन्न मिलेन । (प्रकरण नं.३६)
नजिर सार पढ्नुहोस् →सासू बुहारी बीच मनमुटाव भई व्यवहारिक कारणले मारी देउसम्म भनेको घटनास्थलमा उपस्थित नरहेको अवस्था देखिँदा प्र.लाई १३(४) बमोजिम सजायँ गर्दा चर्को हुने हुँदा अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं.२१)
नजिर सार पढ्नुहोस् →आफूलाई अधिकारै नभएको गुठीको विषयमा हस्तक्षेप गरी सञ्चालक समिति गठन गर्ने गरेको अञ्चलाधिश कार्यालयको निर्णय अधिकारक्षेत्र विहिन भएको हुँदा उत्प्रेषण्को आदेशद्वारा बदर हुने । (प्रकरण नं.९)
नजिर सार पढ्नुहोस् →दर्ता भएको एकाको दर्ता बदर गराउनलाई विशेष अदालतको क्षेत्राधिकार भित्र नपरी सम्बन्धित जि.अ.को क्षेत्राधिकार भित्र पर्ने । (प्रकरण नं.१४)
नजिर सार पढ्नुहोस् →जीवितै रहे भएपछि र उक्त अधिकृत वारेसनामालाई स्वीकार गरेपछि उक्त वारेसनामा कीर्ते जालसाजी हो भन्ने समेत हकदैया नभएको भनी गरेको निर्णय मनासिव ठहर्छ । (प्रकरण नं.११)
नजिर सार पढ्नुहोस् →९० प्रतिशत भन्दा घटी कुत धरौट राख्ने मोहीलाई अधिकारप्राप्त अधिकारीले निवेदकलाई मोहीबाट निष्काशन गरी बाली समेत भराई दिने गरेको निर्णयमा कुनै त्रुटि देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं.१०)
नजिर सार पढ्नुहोस् →हकसफा गर्ने सम्बन्धमा लेनदेन व्यवहारको ११ नं. मा व्यवस्था भए अनुरूप नजिकको हकवालाले किनेकोमा सन्धिसर्पन पर्ने भए पनि टाढाका हकवालाले निखन्न पाउँदैन भनी प्रष्ट किटानी व्यवस्था भएको पाइने । (प्रकरण नं.१३)
नजिर सार पढ्नुहोस् →न्यायाधीशको काम, कर्तव्य र आचरणको, चरित्रमा आघात पर्ने गरी सार्वजनिक रूपमा बोल्ने, लेख्ने अथवा पम्पलेटिङ गर्ने कार्यले अदालतको मानहानी हुँदैन भन्नु युक्तिसंगत हुन आउँदैन । (प्रकरण नं.१५)
नजिर सार पढ्नुहोस् →आफ्नो अधिकार भन्दा बाहिर गई गरेको धादिङ जिल्ला कार्यालयको काम कारवाही मुलुकी ऐन अ.बं. ३५ नं. समेतले अनधिकृत देखिन आएकोले रिट निवेदकलाई मृतक ठुलीको कृया गर्नेछु भन्ने समेत जिल्ला कार्यालय धादिङबाट गराएको कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.११)
नजिर सार पढ्नुहोस् →आफूले जिउँदो बच्चा मार्नमा संयोग पारिदिएको मृतकको जिउमा हात हालेको जस्ता कार्य गरेको देखिँदैन । यस्तो अवस्थामा निजलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको इन्साफ केही उल्टी गरी प्र.लाई आफूले जन्माएको बच्चा ज्यान मार्नमा मतलबमा पसेको ठहर्याई ज्…
नजिर सार पढ्नुहोस् →उल्लिखित कानुनी व्यवस्था अनुसारको प्रकृया पूरा गरी नगरेकोमा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.७)
नजिर सार पढ्नुहोस् →नियमले उजूर गर्न पाउने अन्य उपचारको व्यवस्था भएकोमा सो मार्गको अवलम्बन नगरी पर्न आएको रिट निवेदनबाट असाधारण अधिकारक्षेत्र प्रयोग गरी हेर्न नमिल्ने । (प्रकरण नं.१०)
नजिर सार पढ्नुहोस् →२०३७।३।२८ देखि स्थायी डिठ्ठा पदमा नियुक्ति भएपछि ना.सु.पदमा बढुवाको लागि उम्मेदवार हुन २०४०।३।३१ सम्म रिट निवेदक ३ वर्षसम्म डिठ्ठा पदमा काम गरी सकेको देखिन आउँछ, यस्तो स्थितिमा निजामती किताबखानाको पत्रको आधारमा तीन वर्ष पुग्ने र सो को आधारमा ना.सु.पदको लागि सम…
नजिर सार पढ्नुहोस् →