सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४१ / ४४०

नि.नं. 2374वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

रक्षा शिक्षा दिने आफ्नो आमाले घाँस काट्न जा भनी अर्‍हाउँदा नमानेकी हुँदा मर्नेको हितको लागि कुटपीट गर्दा भवितव्यमा परी मृत्यु भएको देखिन्छ, तसर्थ ज्या.स.को ६(३) बमोजिम रु. ५०। जरिवाना हुने । (प्रकरण नं.२१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2373वि.सं. २०४२संयुक्त इजलास

गैरकानुनी लाभ हानी

क्षेत्रीय अदालत नियमावली, २०३६ को नियम १८(ग) मा पाँच हजार रूपैयाँ भन्दा बढी दण्ड जरिवाना हुने मुद्दा डिभिजन बेञ्चबाट हेरिने भन्ने उल्लेख भएको । (प्रकरण नं.२२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2372वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

तेरो मेरोको प्रश्न उपस्थित भएको स्थितिमा नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतमा जान सुनाउनु पर्ने । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2371वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

अवला नारीले समाजको लोकापवादबाट बच्न त्यसरी छिपाउन निमित्त गाड्नु स्वाभाविवकै देखिँदा माथि लेखिए बमोजिमको सजायँ गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष ५(पाँच) सम्म गर्नु उपयुक्त ठानी अ.बं. १८८ नं. अनुसार जाहेर गरेतर्फ हेर्दा उल्लिखित कारणहरूबाट समेत पश्चिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2370वि.सं. २०४२संयुक्त इजलास

मोही निष्काशन गरी चलन चलाई पाउँ

बाली बटैयाको मुचुल्काको नक्कल सारी थाहा भएको मितिले फिराद गर्न पाउने ऐनले व्यवस्था गरेको देखिएन, तसर्थ बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट परेको फिरादलाई म्यादभित्रको भन्न नमिल्ने । (प्रकरण नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2369वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

जग्गा प्राप्ती ऐन, ०३४ अन्तर्गत जग्गा अधिग्रहण गरेको र सो जग्गाहरूको मूल्यांकन मुआब्जा निर्धारित गरेको भन्ने निवेदकको कथन कुनै पनि लिखित प्रमाणबाट समर्थित भएको तथ्ययुक्त नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.१६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2368वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

निवेदनमा निवेदकका माग अनुसारको कारवाही गर्नुपर्ने नपर्ने कुराको कुनै निर्णय भएको गरेको भन्ने लिखित जवाफबाट देखिँदैन, तसर्थ रिट निवेदकले दिएको भनेको निवेदनमा कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी प्रत्यर्थी गुठी संस्थान र गुठी लगत तथा तहसिल कार्यालयका नाउँमा पर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2367वि.सं. २०४२संयुक्त इजलास

लेनदेन

बाणिज्य बैंक ऐन, ०३१ को दफा ४७ तथा ४७(क) ले व्यवस्था गरे मुताविक नेपाल राष्ट्र बैंकको निर्देशित तरिका समेतका आधारमा दावी गरेको साँवा ब्याज प्रतिवादीबाट भरी पाउँदैन भन्न मिल्ने पनि देखिँदैन । (प्रकरण नं.१७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2366वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

जग्गा ऐलानी नै हो भन्ने कुरा विवादरहित देखिएन, यसबाट वनक्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समितिको अधिकार क्षेत्रभित्र यो पर्छ भन्ने कुरा यकीन गर्न सकिने अवस्था देखिएन । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2365वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त रिट जारी गरिपाउँ

निवेदकको उजूरी परेपछि उक्त जग्गामा मोही कायम हुने हो हैन सबूद प्रमाणको मूल्याङ्कनको आधारमा भू.सु.अधिकारी स्वयंले निर्णय गर्नु पर्ने । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2364वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

आफ्नो अधिकारक्षेत्र भित्रको कुरामा सबूद प्रमाणको मूल्याङ्कन गरी गरेको उक्त जिल्ला, अञ्चल तथा क्षेत्रीय अदालतको फैसला र आदेशहरूमा कानुनको त्रुटि गरी निर्णय गरेको भन्ने देखिन नआएको हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2363वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

ऐनले निर्दिष्ट गरेबमोजिम रीतपूर्वकको सूचना भन्ने देखिँदैन त्यस्तो सूचनालाई आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (४) बमोजिमको सूचना भनी मान्न पनि मिलेन । (प्रकरण नं.१८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2362वि.सं. २०४२संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

ज्यान मार्ने उद्योग मुद्दामा अभियोग लागेकोलाई अ.बं. ११८ नं. को देहाय ३(२) लगाई पुर्पक्षको लागि थुनामा राखेकोलाई कानुनअन्तर्गत थुनामा राखेको भन्न मिल्ने अवस्था रहेन । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2361वि.सं. २०४२संयुक्त इजलास

परमादेश वा जो चाहिने पुर्जी जारी गरिपाउँ

दण्ड सजायँको ३८ नं. को देहाय १ र चोरीको २८ नं. ले सो जरिवानावापत कैद वर्ष ४ मात्र लाग्ने देखिन्छ, वर्ष ४ चारमात्र लाग्नेमा कैद वर्ष ८ ठेकिएको त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2360वि.सं. २०४२संयुक्त इजलास

अंश हक कायम

तथ्ययुक्त सबूद प्रमाण बेगर विवादको जग्गामा अंश हक कायम छ भनी ठहर गर्न सकिने अवस्था रहेन । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2359वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण प्रतिषेध वा उपयुक्त आदेश जारी गरिपाउँ

रोक्का बाली बाँडफाँड गरिदिने गरी निर्णय गर्न सक्ने अधिकार स्थानीय प्रशासन ऐन, २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई भएको देखिँदैन । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2358वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सवारी धनीको कसूर नै कायम नभएको अवस्थामा उक्त सवारी जफत गर्ने अधिकार ऐनले दिएको पाइँदैन । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2357वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

दर्तावाला मोहीको आफ्नो छोरा नभएको अवस्थामा सौतेनी छोराले ऐन बमोजिम मोही हक प्राप्त गर्न सक्छ भन्न मिल्ने देखिँदैन । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2356वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

हक बेहकको प्रश्न खडा भएपछि नगर पञ्चायत ऐनको दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2355वि.सं. २०४२पूर्ण इजलास

ज्यान

मानसिक असन्तुलनको कारणले हत्या गरेको हुँदा दण्ड सजायँको १ नं. बमोजिम कुनै सजायँ नहुने भनी गरेको इन्साफ सदर हुन्छ । (प्रकरण नं.२३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2354वि.सं. २०४२पूर्ण इजलास

ज्यान

कसूरदार आफैं सावित भई अन्य अभियुक्तहरूलाई पोलेको देखिएको समेतबाट यस्तो अवस्थामा ज्यानसम्बन्धीको २० नं. बमोजिम जहिले पनि मुद्दा चल्न सक्ने नै देखिँदा दुई वर्षभित्र उजूरी नपरेको भनी मुद्दा खारेज गर्न मिल्ने देखिँदैन । (प्रकरण नं.३९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2353वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

मोहियानी लगत कट्टा गर्ने सम्बन्धमा भएको कारवाही विषयमा कीर्ते जालसाजी मुद्दा जिल्ला अदालतमा दिएको छु भन्ने उल्लेख गरेको देखिँदा रिट क्षेत्रबाट बोल्न नमिल्ने । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2352वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

जाहेरवाला तथा निजका दाजु तथा आमाको विवादास्पद गवाही बाहेक यी प्रतिवादीहरूले नै जाहेरवालाको बाबुलाई कर्तव्य गरी मारेको भन्ने कुनै ठोस सबूद प्रमाण मौजूद भएको मिसिलबाट देखिँदैन । यस स्थितिमा प्रतिवादीले सफाई पाउने । (प्रकरण नं.१६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2351वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

ज्यान जस्तो गम्भीर अपराधमा केवल शंका र अनुमानको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर्‍याउन नमिल्ने । (प्रकरण नं.२२)

नजिर सार पढ्नुहोस् →