हरहिसाब
अनिश्चित वादी दावीबाट अदालतले इन्साफ गर्न नमिल्ने हुँदा दावी खारेज हुने । (प्रकरण नं.१३)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४२ / ४४०
अनिश्चित वादी दावीबाट अदालतले इन्साफ गर्न नमिल्ने हुँदा दावी खारेज हुने । (प्रकरण नं.१३)
नजिर सार पढ्नुहोस् →अदालतबाट भएको निर्णयबाट जारी भएको परमादेश विपक्षीहरूले उल्लंघन गरे भन्ने निवेदकको जिकिर समर्थित हुन सकेको देखिन आएन । अतः विपक्षीहरूलाई यस अदालतबाट जारी भएको आदेशको अपहेलना गरेमा सजायँ गरिपाउँ भन्ने निवेदकको माग दावी पुग्न नसक्ने। (प्रकरण नं.८)
नजिर सार पढ्नुहोस् →रीतपूर्वकको आदेश जारी गरी थुनुवा पुर्जी समेत दिई थुनामा राखेको कानुन बमोजिमकै देखिँदा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१२)
नजिर सार पढ्नुहोस् →ऋण निश्चित भएपछि निवेदकले भोगबन्धकी लिने साहूलाई कुत बाली बुझाउनु पर्ने होइन। कुत बाली भराउने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.८)
नजिर सार पढ्नुहोस् →अञ्चल अदालतमा मुद्धा चल्दा चल्दैको अवस्था असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रिट निवेदनमा उपचार प्रदान गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं.१०)
नजिर सार पढ्नुहोस् →मिति २०४०।२।१६ खण्ड ३३ अतिरिक्ताङ्क ७ को नेपाल राजपत्रमा प्रकाशित भूमि सुधार मन्त्रालयको सूचनाद्वारा सगरमाथा अञ्चल अदालतका अञ्चल न्यायाधीश श्री केदार प्रसाद गिरीको अध्यक्षतामा गठित जिल्ला समिति, मार्फत भूमि सुधार कार्यालय चन्द्रगढी झापा, १ दर्ता तिरो भोगाधिकार…
नजिर सार पढ्नुहोस् →भू.सु.लागू हुँदाका अवस्था जग्गाधनी कायम रहेका रिट निवेदकहरूका नाउँमा जग्गाधनी नदेखाई सो अवस्थामा जग्गाधनी नरहेकालाई जग्गाधनी देखाई भरेको लगत अनुसार २ नं. अनुसूची प्रकाशित भएको नाताबाट रिट निवेदकहरूका जग्गामा मोही कायम गर्न मिल्ने नदेखिने। (प्रकरण नं.९)
नजिर सार पढ्नुहोस् →घा चोटहरूको एक्सरे नगराउँदैमा मौकामा भएको सो घा जाँच केश फाराममा उल्लिखित घा खतलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.१५)
नजिर सार पढ्नुहोस् →जग्गाको मुआब्जा वादीले नपाएको अवस्थाको वादी दावी बमोजिम २०३७ सालसम्मको बालीको क्षतिपूर्ति वादीले पाउँदैन भनी ठहर गर्न सकिने अवस्था नरहने । (प्रकरण नं.१४)
नजिर सार पढ्नुहोस् →दोश्रो स्पष्टीकरण नलिई शुरू विभागीय कारवाई गर्ने अधिकारीबाट भएको त्रुटिपूर्ण निर्णयलाई पछि पुनरावेदन तहबाट लिएको स्पष्टीकरणले नियमित गरेको मान्न नमिल्ने । (प्रकरण नं.१२)
नजिर सार पढ्नुहोस् →नि.से.नि. को नियम १०.१ बमोजिम विभागीय सजायँ गर्दा उचित र पर्याप्त कारण छ भन्ने कुरा वस्तुगत रूपमा निर्णय पर्चाबाट देखिनु पर्छ । उचित र पर्याप्त कारण छ भन्ने कुरा सजायँ गर्ने निकाय वा अधिकारीलाई लागेर मात्र हुँदैन, त्यस्तै गरी सजायँ गर्ने निकायले उल्लेख गर्न नस…
नजिर सार पढ्नुहोस् →अधिकारप्राप्त अधिकारीले मिति ०४१।२।२३ मा गरेको निर्णयमा कुनै कानुनी त्रुटि भएको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं.८)
नजिर सार पढ्नुहोस् →बालक जन्माई होससम्म नपुर्याएकोबाट नवजात शिशुको ज्यान मर्न गएकोमा ज्यानसम्बन्धीको ६ नं. बमोजिम प्र.लाई सजायँ गर्ने गरेको इन्साफ मनासिव हुँदा सदर हुने । (प्रकरण नं.२४)
नजिर सार पढ्नुहोस् →एकपटक रीतपूर्वक जग्गाधनी प्रमाणपूर्जा वितरण गरी सकेपछि कर्मचारीको गल्तीबाट सो वितरण गरियो भनी उक्त जग्गाधनी प्रमाणपूर्जा बदर गर्न पाउने अधिकार मालपोत ऐन, २०३४ ले मालपोत कार्यालयलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.११)
नजिर सार पढ्नुहोस् →अधिकारप्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं.११)
नजिर सार पढ्नुहोस् →जग्गाको मूल्यांकन आकडाको आधारमा घर जग्गा कर निर्धारण गर्ने गरेको कर कार्यालय नेपालगञ्जको आदेशलाई मनासिव ठहर्याएको श्री राजस्व न्यायाधीकरण नेपालगञ्जले गरेको फैसला मनासिव देखिँदा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनः कर निर्धारण गर्ने गरेको फैसला बदर हुने । (…
नजिर सार पढ्नुहोस् →सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची १ मा परेको सरकार वादी हुने फौजदारी मुद्दामा प्रहरी तथा स.सर्वोच्च अदालतबाट अनुसन्धान तहकिकातको काम कारवाही हुने कुरा सरकारी मुद्दा सम्बन्धी ऐनले स्पष्ट गरेको छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको व्यवस्थाले प्रहरी तथा स.…
नजिर सार पढ्नुहोस् →मोही निष्काशन तर्फ कारवाही चलिरहेको बखतमा खडा गरेको बाली बुझाएको प्रमाणहरूबाट रिट निवेदिकालाई मद्दत हुन सक्ने नदेखिँदा भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धि ऐनको दफा २९(३) को त्रुटि भयो भन्ने निवेदिकाको जिकिर कानुनसंगत देखिएन । (प्रकरण नं.८)
नजिर सार पढ्नुहोस् →कर्तव्य गर्दाको परिस्थितिलाई विचार गर्दा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को सजायँ हुन जाने । (प्रकरण नं.१४)
नजिर सार पढ्नुहोस् →कर्तव्य गरी मारेको हो भन्न सकिने ठोस र स्वतन्त्र सबुद प्रमाणको अभावमा केवल शंकाको भरमा मात्र दोषी ठहर्याई सजायँ गर्न मिलेन । (प्रकरण नं.२९)
नजिर सार पढ्नुहोस् →वादी रोहवरमा रही भएको सरजमीन व्यहोराबाट मात्र वादीलाई प्रतिवादीले खिचोला गरेको थाहा भएको मान्नु पर्ने । (प्रकरण नं.१४)
नजिर सार पढ्नुहोस् →दाजु परलोक भएपछि हकदार छोरा छँदाछँदै भाइका नाउँमा मोहियानी सार्ने व्यवस्था नभएको । (प्रकरण नं.१२)
नजिर सार पढ्नुहोस् →मालपोत ऐन, २०३४ ले यसरी हक बेहकको प्रश्न भएको विषयमा निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.१३)
नजिर सार पढ्नुहोस् →मोहियानी हक खरिद बिक्री गर्न वा दान दातव्यको रूपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन भन्ने भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(क) मा व्यवस्था भई उक्त दफाको प्रतिबन्धात्मक वाक्यांशमा परापूर्व देखि बनाएको पक्की घर रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य…
नजिर सार पढ्नुहोस् →