सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२९ / ४४०

नि.नं. 2661वि.सं. २०४३संयुक्त इजलास

चरेश बिक्री

(१) सुनेका हौं भन्ने कुरालाई अन्य प्रमाणबाट समर्थन नभएसम्म प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं. २३) (२) केबल प्रहरीमा भएको साविती बयानलाई आधार लिएर प्रतिवादीलाई कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2660वि.सं. २०४३संयुक्त इजलास

खिचोला

(१) मोहियानी हक नरहेको देखिँदा देखिंदै मोहियानी हक बेहकको प्रश्‍न देखाई भूमिसुधार कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भनी खारेज गर्ने गरेको बा.अं.अ.को फैसला मिलेको नदेखिएकोले उल्टी भई वादी दावा अनुसार प्रतिवादीले खिचोला गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2658वि.सं. २०४३संयुक्त इजलास

कपाली सामाब्याज समेत दिलाई पाउँ

(१) कानुनी म्याद छ वा छैन सो सम्बन्धमा स्वयं पक्ष नै जागरुक हुनुपर्दछ अन्यथा कानुनी हक गुम्न जाने हुन्छ र कानुनमा उल्लेख नभएसम्म कानुनमा कपालीको हदम्याद १० वर्ष तोकिएको अवधिपछि म्यादभित्रको मुद्दा हो भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) म्यादभित्र नपरी म्याद नघा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2657वि.सं. २०४३संयुक्त इजलास

जालसाजी फैसला बदर

(१) दाताकै हक नरहेपछि वादीका हक रहने प्रश्नै नहुँदा विवादीत जग्गा बण्डा हुने ठहर गरेको ल.पु.जि.अ.को फैसला बदर गरी पाउँन भन्ने वादी दावी नपुग्ने भनी ठहर गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2656वि.सं. २०४३संयुक्त इजलास

धनीपूर्जा पाउँ

(१) तेरो मेरोको प्रश्‍न उठेकोमा अदालतमा उजूर गरी आफ्नो हक कायम गरी ल्याएपछि सोही बमोजिम गर्ने प्रष्ट कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2655वि.सं. २०४३संयुक्त इजलास

आयकर (आ.ब.२०३० बै.चै.)

(१) डिष्ट्रीब्यूटर करको नामबाटै सो कर डिष्ट्रीब्यूटरले तिर्नु पर्ने भन्ने प्रष्ट रुपमा देखिएकोमा सिनेमा धनीले तिरेको देखिँदा सो सिनेमा धनीले तिरेको डिष्ट्रीब्यूटर कर मिन्हा दिनुपर्ने । (प्रकरण नं. ११) (२) काम गर्नेहरूको भविष्यको बचत सम्बन्धमा राखेको र राख्‍न प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2653वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) छुट्टाछुट्टै उजूरी निवेदन परेकोमा छुट्टाछुट्टै मिसिल बनाई छुट्टाछुट्टै निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2652वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) श्रेस्ता अड्डा मालपोत कार्यालयको निर्णय उपरको पुनरावेदन सुनी प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको देखिन्छ, त्यसरी पुनरावेदन हेरी सबूद प्रमाणको आधारमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयलाई अधिकार विहिन भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2651वि.सं. २०४३पूर्ण इजलास

हरहिसाब गरी हिसाब दिलाई पाउँ

(१) स्टोरेज चार्जका विषयमा पहिले नै इन्कार गरी सकेको कुरालाई अहिले आएर त्यसको भिन्नै नामाकरण गरी अर्थात् हिसाब दिलाई पाउँ भन्दैमा विषय अर्को हुन जाने होइन । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2649वि.सं. २०४३पूर्ण इजलास

आगलागी

(१) एकपटक प्रहरी प्रतिवेदन दायर भइसकेपछि संकलित थप सबूद प्रमाणहरूबाट अरु पनि अभियुक्त देखिन आएमा त्यस अभियुक्त उपर सजायँको माग गरी पुनः अर्को प्रहरी प्रतिवेदन दायर गर्न सक्ने । (प्रकरण नं. २९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2648वि.सं. २०४३पूर्ण इजलास

लिखित बदर

(१) बन्धकी दिएको तथा सो जग्गाको बालीको सम्बन्धमा मिलापत्र गरेको भन्ने कुराले मात्र त्यस्तो अबण्डाको जग्गालाई वादीको एकलौटी भन्न नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2647वि.सं. २०४३पूर्ण इजलास

कर्तव्य ज्यान

(१) अस्पतालको छाप नलागेको डिस्चार्ज टिकटलाई आधार बनाई प्रतिवादीहरू वारदातमा नरहेको भन्न नमिल्ने । (प्रकरण नं. २९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2646वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) बाबुको नाउँको मोहियानी हकको जग्गामा बाबु मरेपछि जग्गा धनीले पत्याएमा त्यस्तो जग्गाको मोहियानी हक छोरामा सर्न सक्ने, र छोराले पाउन सक्ने अवस्था रहने हुँदा त्यस्तो हकको जग्गामा अ.बं.६२(३) नं.बमोजिम छोराले मुद्दा सकार गर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. ८…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2645वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) होइन भनी कुनै खण्डन गर्न सकेको छैन, यसबाट सगोलमा रहेको भन्ने कुरा स्वीकार गरेको भन्नु पर्ने । (प्रकरण नं. १२) (२) एकासगोलमा रहे बसेको बुहारी रिट निवेदिकाको स्वामित्वमा रहेको जग्गामा एकासगोलको जेठाजु प्रत्यर्थीलाई अरु जग्गावालाको जग्गा कमाउने खेती गर्ने किस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2644वि.सं. २०४३पूर्ण इजलास

दाखेल खारेज बदर

(१) राजीनामा पास गरिपाउँ भन्ने नालिश परिरहेको अवस्था सो लिखत पारीत हुने ठहरी फैसला नहुँदै सो लिखतमा लेखिएको जग्गामा वादीको हक नपुग्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2643वि.सं. २०४३एक न्यायाधीशको इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) बाली बाँकी रहेको आधारमा मोही निष्कासन गर्ने गरेको निर्णयलाई कानुनी त्रुटिपूर्ण भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. ६) (२) विलम्ब गरी पर्न आएको निवेदनबाट विचार गर्न सकिने अवस्था नहुने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2642वि.सं. २०४३संयुक्त इजलास

लिखित बदर

(१) वादीले गरी लिएका ०२४ सालको राजीनामामा उल्लिखित जग्गामा वादीले चलन समेत पाउने गरी शुरुले गरेको इन्साफ मनासिब ठहराई गरेको इन्साफमा कानुनी त्रुटि देखिन नआउने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2641वि.सं. २०४३संयुक्त इजलास

अंश

(१) छुट्टिएकोमा सबै अंशियारको मुख मिलेको र आफ्नो आफ्नो भाग जिम्मा समेत गराई लिएको र दर्ता समेत छुट्टाछुट्टै भएको मिसिलबाट देखिँदा प्रतिवादीबाट वादीले अंश नपाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सदर गरेको मध्यमाञ्चल क्षेत्रीय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2639वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरिपाउँ

(१) वैधता कायम गर्ने प्रमाणको अभावमा कानुन बमोजिम गठन भएको हो भनी यकीन गर्नसक्ने अवस्था नरहने । (प्रकरण नं. १०) (२) समितिको गठन नै कानुन अनुरुप भएको नदेखिँदा त्यस्तो अनाधिकृत समितिबाट भएको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2638वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) लाश गाडेको देखिएको हुँदा ज्यानसम्बन्धीको ४ नं. अनुसार थप कैद ६ महीना र ज्यानसम्बन्धीको २५ नं. अनुसार २० जरिवाना हुन्छ, भन्ने ठहराएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ४३)

नजिर सार पढ्नुहोस् →