नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2655 · वि.सं. २०४३
नि.नं. 2655 — आयकर (आ.ब.२०३० बै.चै.)
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) डिष्ट्रीब्यूटर करको नामबाटै सो कर डिष्ट्रीब्यूटरले तिर्नु पर्ने भन्ने प्रष्ट रुपमा देखिएकोमा सिनेमा धनीले तिरेको देखिँदा सो सिनेमा धनीले तिरेको डिष्ट्रीब्यूटर कर मिन्हा दिनुपर्ने । (प्रकरण नं. ११) (२) काम गर्नेहरूको भविष्यको बचत सम्बन्धमा राखेको र राख्न पर्ने रकम मनासिबै भएको र प्रतिष्ठाको लागि र कर्मचारी रहेछन भनी सर्वसाधारणले जान्नको लागि यूनिफर्मको समेत व्यवस्था गरेको हुँदा संचय कोष र यूनिफर्ममा खर्च गरेको विवादीत रकमहरू मनासिब नै देखिएको छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2655 |
|---|---|
| मुद्दाको विषय | आयकर (आ.ब.२०३० बै.चै.) |
| निर्णय वर्ष / मिति | 2043/03/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2655 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
