(१) विभागीय परिपत्रले कानुनको रुप लिन्छ भन्न मिल्दैन कानुनमा प्रष्ट व्यवस्था भएको अवस्थामा सोही बमोजिम न्यायिक अथवा अर्धन्यायिक निकायले निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३)
(१) अधिकार क्षेत्रको अभावमा पुस्तकालय बन्द गर्ने गरेको प्रत्यर्थी जिल्ला पञ्चायत दैलेखको बैठकको निर्णय र सो निर्णयको आधारमा पुस्तकालय बन्द गर्न लेखेको जिल्ला कार्यालय दैलेखको आदेश तथा काम कारवाई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८)
(१) चेला छोरालाई छोराको परिभाषा भित्र पर्छ भन्न कानुन व्याख्या सम्बन्धी ऐनले मिल्ने देखिँदैन । (प्रकरण नं. १०) (२) भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) ले चेला छोराले मोही हक प्राप्त गर्न सक्ने व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. १०) (३) ऐनले छोरा भनेकोमा चे…
(१) मोहीले बाली बाँकी राखेकोमा मोही निष्कासन हुनु नपर्ने अन्य आधारको अभावमा मोही निष्कासन गरेको कुरालाई त्रुटिपूर्ण छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)
(१) न्यायिक वा अर्धन्यायिक निर्णय गर्न पाउने अधिकार प्राप्त अधिकारीले निर्णय गर्दा सबूद प्रमाणको मूल्यांकन गरी आधार देखाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)
(१) कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले दशी बरामद नगरेको वा अन्य मुचुल्का समेत नभएको अवस्थामा जाहेरवालाले भनेको मात्र आधारमा जाहेरी साथ पेश भएको काँसको दुई थान डवकालाई दशीको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १८) (२) डाँका गरेको भन्ने तथ्ययुक्त सबूद प्रम…
(१) अभियुक्तले मर्नेलाई आंशी (खुर्पा) जस्तो धारिलो जोखिमी हतियारले दुईपटकसम्म हिर्काई गर्दन छिनाली कर्तव्य गरी मारी लाश समेत नदीमा फालेमा समेत सावित भई बयान गरेको देखिएकोले समेत यस्तोमा मार्ने पूर्व मनसाय नभएको भन्ने आधारमा अ.बं. १८८ नं. बमोजिम राय लगाएको मिले…
(१) भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगावै छुट्टी भिन्न भइसकेको व्यक्तिलाई जग्गाधनी देखाई प्रकाशित २ नं. अनुसूची एवं ४ नं. जोताहा अस्थायी निस्साको आधारबाट रिट निवेदकको नाममा दर्ता भएको जग्गाको मोहियानी हक दावी गर्न नमिल्ने । (प्रकरण नं. ९) (२) गाउँपञ्चायतक…
(१) अदालतमा कारवाही उठे चलेको मुद्दामा निवेदकका जिकिर बमोजिम अ.बं. ७२ नं., अ.बं. ७३ नं. र अ.बं. १८० नं. समेतको जे जस्तो त्रुटिहरू भएका छन् ती सबैको निराकरण अदालतबाटै अदालती कारवाहीद्वारा हुने हुँदा यस्तोमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. ६)
(१) पूर्पक्षको निमित्त थुनामा राख्ने भनी दिएको आदेश मुद्दाको रोहमा गरिने अन्तिम आदेश नभई कारवाहीको सिलसिलामा दिइने आदेश भएको । (प्रकरण नं. ९) (२) अधिकार प्राप्त सदस्यहरूबाट भएको थुनछेकको आदेशलाई त्रुटिपूर्ण छ, भन्न सकिने स्थिति नहुँदा गैरकानुनी थुनामा परेको भ…
(१) कुनै पनि कर्मचारी कुनै कार्यालयमा रुजु हाजिर रहेको भन्नाले सो कार्यालयमा कार्यरत रही सोही कार्यालयमै हाजिर रहेको हुनुपर्छ । (प्रकरण नं. २३) (२) पाल्पामा लियन पद रही काठमाडौंमा काज रहेको अवधिलाई पाल्पामा रुजु हाजिर रहेको मानी सो अवधि समेत जोडी अंक प्रदान गर…
(१) यो यस परिबन्धबाट हाम्रो हक भोगको हामीले नपाउन पाउने जग्गा हो भनी प्रतिवादीको प्रमाण खण्डमा प्रमाण दिई प्रतिवाद गर्न नसकेको र वादीले देखाएको निजको हक भोगको श्रोतलाई खण्डन गर्न पनि नसकेको हुँदा यसप्रकारको दुषित दर्तालाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १०)
(१) पेश्की फर्छ्यौट गर्ने कार्यमा टिप्पणी सहित पेश गरेको र सो लाई लेखा प्रमुखले सदर गरी पेश्की फर्छ्यौट गर्ने कार्य गरेकोमा निजहरू सो काममा संलग्न थिएनन् भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ३१)
(१) अधिकार प्राप्त अधिकारीबाट कानुन बमोजिम गरेको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १५)
(१) सूचना राजपत्रमा प्रकाशित भएको भन्दा अगावै निवेदकको उद्योग घरेलु तथा ग्रामीण उद्योग विभागमा दर्ता भएको देखिएबाट उक्त ऐनको सुविधा उपभोग गर्न पाउने होइन भन्न नमिल्ने । (प्रकरण नं. १३)