उत्प्रेषण
(१) निवेदन दिई ऋण साधन हुने ठहरेपछि जुन जग्गा भोगबन्धकीमा लेखाएको हो सो जग्गाकै मोही कट्टा गर्नुपर्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३० / ४४०
(१) निवेदन दिई ऋण साधन हुने ठहरेपछि जुन जग्गा भोगबन्धकीमा लेखाएको हो सो जग्गाकै मोही कट्टा गर्नुपर्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) प्रत्यक्ष एवं ठोस प्रमाणको अभावमा कसैलाई सजायँ गर्नु न्यायोचित नहुने । (प्रकरण नं. २२) (२) प्रमाणको अभावमा कुनै व्यक्ति उपर सिर्फ अनुमानको भरमा अभियोग लगाउन न्यायको दृष्टिले नमिल्ने । (प्रकरण नं. २३) (३) चस्मदिद गवाह तथा ठोस एवं प्रत्यक्ष प्रमाणको अभाव रहे…
नजिर सार पढ्नुहोस् →(१) हक नै नपुग्ने जग्गा छोडपत्र गरी दिएको आधारमा दर्ता गराएको देखिँदा वादी दावा बमोजिम दर्ता बदर हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) कानुनले प्रदान गरेको अधिकार क्षेत्र बाहिर गई भएको निर्णय बदर हुने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) सुरक्षित किसानी हक प्राप्त गर्नु अगावैदेखि कि.नं. २४६ मा घर भएको देखिएबाट जग्गावालाको घर मान्नु पर्ने स्थिति देखियो । घरजग्गा कमाउने व्यक्तिले मोही हक पाउन नसक्ने । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →(१) ढल निकास खुलाउने विषयमा जिल्ला कार्यालयको अधिकार क्षेत्रभित्र पर्न आउने कुनै कानुनी प्रावधान भए गरेको नपाइने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) माग बमोजिमको आदेश जारी गर्न मिल्ने कानुनी आधार प्रमाणिक अवस्था विद्यमान रहे भएको नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) तेरो मेरोमा उजूर गर्न अदालतमा जानु भनी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम सुनाउनु पर्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) न्यायिक आधार नदेखाई वादी दावी बमोजिमको कूत वादीले भरी पाउने र मोही हक यथावत रहने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) दावी नै नभएको कुरामा गाउँ पञ्चायत कार्यालयले गरेको निर्णय कानुनको त्रुटिपूर्ण हुनुको साथै भूमिसुधार कार्यालयले भू.सु.अधिकारीको अधिकार क्षेत्रभित्र पर्ने उजूरीलाई गाउँ पञ्चायत कार्यालयमा पठाएको काम कारवाही समेत कानुनको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) जग्गा धनीले पत्याएका व्यक्तिलाई मोहियानी हक प्राप्त हुने ऐनले व्यवस्था गरेकोलाई गलत व्याख्या गर्दै नजिक हकदार मोहीको पत्नीलाई मोही नामसारी हुने भनी गरेको भूमिसुधार कार्यालय बाराको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) भोगबन्धकीमा भोगेको जग्गामा मोहियानी हक कानुन बमोजिम कायम रहन नसक्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) प्रतिवाद गर्ने मौका नै नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनी त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) दर्ता किताबमा सच्याएको सूचना मोहीले प्राप्त गरेपछि मात्र मोहीले जग्गा छाडेको मान्नु पर्ने । (प्रकरण नं. १०) (२) छुट्टाछुट्टै निवेदन परेकोमा कानुन बमोजिम छुट्टाछुट्टै निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) अनुचित विलम्ब गरी उपचारको खोजीमा आएको देखिएकोबाट संविधानको धारा ७१ बमोजिम असाधारण अधिकार क्षेत्रको प्रयोग गरी उपचार प्रदान गर्न नमिल्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) मोही निष्कासन गर्ने निर्णय गरेको अवस्थामा कूत पनि अनिवार्य रुपले भराउन पर्छ भनी भन्न दफा २९(३) को व्यवस्थाबाट मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) बाली मुद्दा पर्दापर्दैको अवस्थामा बुझेको भन्ने देखाउन नसकेको अवस्थामा बाली बुझेको भन्ने दोष पनि जग्गा धनीलाई…
नजिर सार पढ्नुहोस् →(१) अस्थायी नागरिकताको प्रमाणपत्र लिंदा स्वास्नी भनी लेखाएको जालसाजी ठहर्याई जालसाजतर्फ सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) जग्गाधनी नरहेकाका नामबाट प्रकाशित २ नं. अनुसूचीबाट निवेदक प्रत्यर्थीको जग्गामा मोही कायम गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) (२) आधारभूत प्रमाणको अभावमा माग गरिएको कित्ता मोहीको प्रमाणपत्र दिन नमिल्ने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) कानुनले उजूरी तथा पुनरावेदन सुन्न सक्ने अख्तियारी प्रदान नगरेको स्थितिमा निर्णय गर्ने अधिकारीले पुनरावेदन गर्न जानु भनी सुनाउँदैमा र त्यसरी सुनाएको कारणले पुनरावेदन गर्न जाँदैमा क्षेत्राधिकारको प्रारम्भ हुन सक्ने स्थिति नरहने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) ऐनले बाध्य गरे अनुसार सफाईको मौका दिँदा अव्यवहारिक हुने कुराको कारण नखुलाई खडा गरेको निर्णय पर्चाको आधारमा रिट निवेदकलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको निर्णय समेत कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) कुनै व्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पहिल्याउन सकिने हुन्छ । (प्रकरण नं. २२) (२) अपराधजन्य कार्य नै मनसाय तत्व पहिल्याउने शसक्त एवं भरपर्दो माध्यम हो । (प्रकरण नं. २२)
नजिर सार पढ्नुहोस् →(१) निश्चित साँध किल्लाभित्रको प्रतिवादीको जग्गा नरबढी भएको कारणले मात्र अन्य यकीनन् सबूद प्रमाणको अभावमा बढ हुन आएको जग्गा वादीको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १६) (२) वादी र वादीका पति समेतले प्रतिवादीलाई हक छाडी मायामारी सकेको र प्रतिवादीले घर समेत…
नजिर सार पढ्नुहोस् →(१) अधिकार क्षेत्रभित्र रही मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको आदेशमा मुद्दाको तथ्य भित्र प्रवेश गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) अधिकार प्राप्त अदालतले कानुन बमोजिम गरेको निर्णयहरू बदर हुन नसक्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →