सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २२१ नजिर अभिलेखमध्ये पृष्ठ ३ / १०

नि.नं. 11177वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

पूर्ण सावधानी अपनाई कर्तव्य निर्वाह हुन नसकी दायित्वको उल्लङ्घन हुँदा लापरवाही हुन जाने । उक्त लापरवाहीले अवस्थाअनुसार फौजदारी र देवानी गरी दुई किसिमको दायित्व सिर्जना गर्ने । सुरक्षा निकायजस्तो संवेदनशील सेवामा कार्यरत कर्मचारी हातहतियारलगायतको प्रबन्ध र व्यव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11176वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

वारदात भएको धेरै पछाडि पेस भएको प्रतिलिपि जन्मदर्ताको कागजमा लेखिएको जन्ममिति सही साँचो रहेको भए सो आधिकारिक कागज समयमा नै पेस गर्न सक्नुपर्नेमा सो पेस भएको नदेखिएकाले पछि बनाइएको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्रमा उल्लिखित जन्ममितिको आधिकारिक र विश्वसनीयता भरप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11175वि.सं. २०८०पूर्ण इजलास

जबरजस्ती करणी गरी कर्तव्य ज्यान

तत्काल सङ्कलन गरिएका वस्तुस्थितिको चित्रण गरिएको घटनास्थल मुचुल्का, बरामदी मुचुल्कामा उल्लिखित बेहोराले अपराधमा देखिएका (crime scene) तथ्यहरू (facts) को उजागर गरिदिएको हुन्छ । अन्यथा प्रमाणित नभएसम्म त्यस्ता तथ्यहरूको विश्लेषणबाट अपराधमा रहेको अपराधीहरूको संलग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11174वि.सं. २०८०संयुक्त इजलास

जग्गा हक कायम धितो लिखत दर्ता बदर दर्ता कायम ।

कुनै जग्गाधनीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई नक्कली व्यक्ति खडा गरी लिखत पारित गरिन्छ भने त्यस्तो किर्ते जालसाजको कार्यबापत सजाय मात्र हुन्छ, किर्ते जालसाज ठहरेको लिखतको कानूनी मान्यता कायम रहिरहन्छ भन्न नमिल्ने । कुनै लिखत किर्ते जालसाजपूर्वक तयार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11173वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणसमेत

स्थायी वतन र हालको वतन दुवै रहेको अवस्थामा र निज विरूद्ध परेको जाहेरी दरखास्त, अभियोगपत्रलगायतका कागजातमा निजको स्थायी ठेगाना, सम्पर्क नम्बरसहित खुलाएको छ भने उक्त व्यक्ति सोही ठेगानामा बसोबास गर्दछ भन्ने बुझ्न तामेलदारको मात्र होइन न्याय प्रशासनको समेत सामान्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11172वि.सं. २०८०संयुक्त इजलास

आपुताली हक कायम टिप्पणी तथा आदेश बदर दर्ता बदर दर्ता

अपुताली र अंशमा केही मूलभूत भिन्नताहरू हुने । अंश हक व्यक्तिले जन्मबाट र अंशियार भएको नाताले प्राप्त गर्ने हक हुने । अपुतालीको हक मर्नेको हकको सम्पत्ति अंशियार वा अन्य कुनै नाताको सम्बन्ध भए वा पालन पोषण र काज किरियासमेत गरेको रहेछ भने उसैले र नातासम्बन्धी भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11171वि.सं. २०८०संयुक्त इजलास

खोटा चलन

कसुर गर्ने मनसाय वा भइरहेको कसुरको जानकारीबेगर साथीको नाताले कसुरदारसँगै उपस्थित हुनुलाई नै शंकारहित तवरबाट कसुरदार कायम गर्ने पर्याप्त आधार मान्न नमिल्ने । अवैध सामान बरामद गरिएको प्रतिवादीसँगै रहेको कारणबाट मात्र कसुर गर्ने मनसाय पुष्टि नहुने । सामान्यतया अव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11170वि.सं. २०८०संयुक्त इजलास

बैंकिङ कसुर

व्यक्ति व्यक्तिबिचको व्यवहारबाट सिर्जित कसुरसम्बन्धी व्यवहार आपसमा मिलिसकेको अवस्थामा जरिवाना ठहर गरी राज्यकोषमा राख्नुसमेत लोककल्याणकारी राज्यको मान्यता र सजाय निर्धारणसम्बन्धी मान्य प्रचलनका आधारमा न्यायसङ्गत नहुने हुँदा असुल भइसकेको बिगोबमोजिम जरिवाना गर्नु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11169वि.सं. २०८०संयुक्त इजलास

अंश दर्ता

जग्गा खरिद गर्दा भएको लिखतमा दाइजो पेवा भनी उल्लेख नहुँदैमा त्यस्तो जग्गा सगोलको जग्गा भनी अनुमान गर्नु मनासिब नहुने । एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाईकन आफ्नै श्रम सिप वा दान दातव्यबाट कुनै अंशियारले सम्पत्ति आर्जन गरेको छ भने त्यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11168वि.सं. २०८०संयुक्त इजलास

अंश दर्ता

दाइजो हुनको लागि माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको सम्पत्ति हुनुपर्ने र पेवा हुनको लागि लोग्ने वा लोग्नेपट्टिका सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको हुनुपर्ने । (प्रकरण नं.७) अंशियारबाहेक आफ्नो सहोदर दाजुबाट बकसपत्रको माध्यमबाट प्राप्त गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11167वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी प्रमाणित गर्न नसकेको अवस्थामा plea of alibi को विषयमा प्रश्न उठ्ने नदेखिने । कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी देखिन आएमा मात्र plea…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11166वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

पीडितको असहायपना र संवेदनशील अवस्था एवं न्यायिक प्रक्रियामा सहयोग गरेबापत उठाउनुपर्ने जोखिमको प्रकृति र मात्राको तुलनामा अभियुक्त पक्षबाट प्रयोग हुनसक्ने दबाब र प्रभावको सहजताका कारण पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्ने सम्भावना बढी हुने । पीडितले मौकामा के ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11165वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

जाहेरवाला नाबालिग रहेको देखिएको र जबरजस्ती करणी जस्तो गम्भीर किसिमको अपराध आफूमाथि घटित भएको अवस्थामा केही समयको अन्तरालमा भएको निजको बकपत्रको बेहोरा र जाहेरी दरखास्तको बेहोरा सामान्यरूपमा फरक पर्नुलाई अस्वाभाविक रहेछ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11164वि.सं. २०८०संयुक्त इजलास

लागु औषध (गाँजा)

कसुरमा संलग्नता रहनु र कसुरजन्य वस्तु बरामद भएको स्थानमा उपस्थिति रहनु भन्ने कुरा फरकफरक विषय हुने । अन्य कुनै प्रमाणबाट प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको नदेखिएको अवस्थामा कसुरजन्य वस्तु बरामद हुँदाको अवस्थामा प्रतिवादीहरू पनि त्यहीँ थिए भन्ने मात्र तथ्यले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11163वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

आवेशप्रेरित हत्याको वारदात कायम हुनको लागि ज्यान मार्ने मनसाय हुन नहुने । मृतक र प्रतिवादीबिच ज्यान लिनुपर्नेसम्मको पूर्वरिसइवी रहेको भन्ने पनि देखिन नहुने । त्यसका अतिरिक्त वारदातमा जोखिमी हतियारको प्रयोग भएको हुन नहुने । प्रतिवादीले ज्यान मार्ने षड्यन्त्र गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11162वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

आफूले गरेको कार्यको परिणामको जानकारी हुन सक्ने अवस्थामा आफूमा मार्ने मनसाय नरहेको भनी भन्न नमिल्ने । त्यस्तै कुनै कसुर हुन मनसाय तत्त्वको विद्यमानता पहिलेदेखि नै हुनुपर्छ भन्ने नहुने । घटनाक्रमको जुनसुकै अवस्थामा पनि मनसाय सिर्जना हुन सक्ने । आफूले गरेको कार्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11161वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको साबिती बयान घटनाका अन्य प्रमाणबाट समर्थित रहेको अवस्था छ भने अदालतसमक्षको निजको इन्कारी बयान अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट स्थापित हुन नसकेको स्थितिमा त्यस्तो इन्कारी बयान मात्र निजको निर्दोषिता पुष्टि हुने आधार बन्न नसक्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11160वि.सं. २०८०संयुक्त इजलास

परमादेशसमेत

आफ्ना नागरिकहरूका निम्ति प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन सम्बन्धमा लोककल्याणकारी राज्यले अभिभावकीय भूमिका निर्वाह गर्दै जनताउपरको दायित्व वहन गर्नुपर्नेमा कोभिड-१९ जस्तो विश्वव्यापी फैलिएको अकल्पनीय रोगका लागि राज्यले न्यूनतम आधारभूत सेवासह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11159वि.सं. २०८०संयुक्त इजलास

अंश चलन

सगोलको सम्पत्ति र सगोलको ऋण सबै अंशियारहरूमा बराबर भाग लगाई बन्डा गर्नुपर्ने । घरको मुख्य भई काम गर्ने व्यक्तिले लिएको ऋणलाई सगोलको ऋण मान्नुपर्ने । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11158वि.सं. २०८०पूर्ण इजलास

उत्प्रेषण

विनियमावलीले सजायको प्रस्तावसम्म गर्न पाउने अख्तियारी प्रदान गरेको छानबिन अधिकारीले स्पष्टीकरणसमेत सोध्न पाउने भनी अर्थ गर्नु र उनाउ व्यक्ति (छानबिन अधिकारी) ले सोधेको स्पष्टीकरणको सन्तुष्टिमा अधिकारप्राप्त अधिकारीले सजायको निर्णय गर्नु विनियमावलीको व्यवस्थाका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11157वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

प्रमाणको मूल्याङ्कनको विषय रिट क्षेत्राधिकारको विषय नभए पनि प्रत्यक्ष देखिने समान अभियोग र सजायको माग भएको मुद्दामा कुनै प्रतिवादीका हकमा धरौट माग गरिनु र कुनै प्रतिवादीका हकमा थुनामा नै राख्ने आदेश गर्नुलाई औचित्यपूर्ण र न्यायसम्मत मान्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11155वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

अदालतबाट विवादको निरूपण भइसकेको सन्दर्भमा सरकारका सम्बद्ध निकायबाट सोको कार्यान्वयनको प्रतीक्षा गरेको कुरामा अनुचित विलम्ब नहुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11154वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

उपचार प्राप्तिको लागि रिट निवेदन दायर नगरेको भन्ने आधारमा मात्र एउटै संस्थानमा कार्यरत रही एकैपटक अवकाश पाएका समान स्तरका कर्मचारीमध्ये एकले सुविधा पाउने र अर्कोले सुविधा नपाउने भन्ने नहुने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11153वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

कसुरका सम्बन्धमा व्यक्तिले कसुर गरेको देखिन्छ वा देखिँदैन भन्ने न्यायिक निष्कर्षमा पुग्नुपर्दा प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयान मात्र निर्णायक आधार बन्न नसक्ने । कुनै कसुरको अभियोग लागेको व्यक्ति आफूलाई लागेको अभियोगका सम्बन्धमा इन्कार रहनु सामान्य मा…

नजिर सार पढ्नुहोस् →