नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11175 · वि.सं. २०८०

नि.नं. 11175 — जबरजस्ती करणी गरी कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

तत्काल सङ्कलन गरिएका वस्तुस्थितिको चित्रण गरिएको घटनास्थल मुचुल्का, बरामदी मुचुल्कामा उल्लिखित बेहोराले अपराधमा देखिएका (crime scene) तथ्यहरू (facts) को उजागर गरिदिएको हुन्छ । अन्यथा प्रमाणित नभएसम्म त्यस्ता तथ्यहरूको विश्लेषणबाट अपराधमा रहेको अपराधीहरूको संलग्नताको बारेमा नजिक पुर्‍याउने कार्य गरेको हुन्छ । साथै एकजना मात्र संलग्न रहेको देखिने तथ्य र धेरै व्यक्ति संलग्न भएको देखिने तथ्य जस्तै तत्काल सङ्कलन गरिएका प्रमाणहरूबाट परख गर्न सकिने । मृतकको पोस्टमार्टम रिपोर्ट परीक्षण पनि महत्त्वपूर्ण प्रमाण हुने । वैज्ञानिक विधिबाट मृतकको शरीरको यौनाङ्गमा देखिएका घाउ चोटहरू तत्काल खुलाइएको हुन्छ । सो प्रमाणले पनि कसुरदारहरूको संख्या वा संलग्नतालाई परख गर्न मद्दत पुग्ने । (प्रकरण नं.९) अनुसन्धानको क्रममा तत्काल सङ्कलन गरिएका प्रमाणहरूले अपराध र अपराधीको बारेमा बोलिरहेको हुन्छ । परिस्थितिजन्य प्रमाणले कसुरदारको नजिक पुर्‍याउने कार्य गर्दछ । कतिपय वारदातमा प्रत्यक्ष प्रमाण नरहेको हुन सक्दछ तर सङ्कलन गरिएका मिसिल संलग्न रहेको परिस्थितिजन्य प्रमाणहरूको सूक्ष्म विश्लेषणबाट कसुरदार पहिल्याउनुपर्ने । (प्रकरण नं.१४) प्रतिवादीहरूको संलग्नता पुष्टि गर्ने परिस्थितिजन्य प्रमाण मालाकार कडीका रूपमा रहेको देखिएको अवस्थामा प्रत्यक्ष प्रमाणको अभाव रहेको भन्ने आधारमा मात्र अपराध र अपराधीले गरेको कसुरबारे खोजबिन नहुने र कसुरदार ठहर गर्न नमिल्ने भन्न नहुने । (प्रकरण नं.१८) कसुरदारले सकभर आफ्नो अपराध समाजबाट लुकाउन खोज्ने प्रवृत्ति रहने हुँदा सबै वारदात घटनामा प्रत्यक्षदर्शी वा प्रत्यक्ष प्रमाण हुन्छ नै भन्ने हुँदैन । तर प्रत्यक्ष प्रमाण नभएको स्थितिमा पनि मिसिलबाट देखिएका तथ्यले के बोलिरहेका छन् र ती तथ्यहरू वारदातको परिस्थिति र परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भएको अवस्था छ, छैन हेरी विवादको निरूपण गरिनु आवश्यक हुने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11175
मुद्दाको विषयजबरजस्ती करणी गरी कर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/08/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७५-NF-००४० | ०७६-NF-००२७ | ०७५-RV-०१५८
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11175
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्