नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11161 · वि.सं. २०८०

नि.नं. 11161 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको साबिती बयान घटनाका अन्य प्रमाणबाट समर्थित रहेको अवस्था छ भने अदालतसमक्षको निजको इन्कारी बयान अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट स्थापित हुन नसकेको स्थितिमा त्यस्तो इन्कारी बयान मात्र निजको निर्दोषिता पुष्टि हुने आधार बन्न नसक्ने । (प्रकरण नं.७) घटनाका अन्य आधार, कारण र प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट घटना समर्थित भइरहेको, प्रतिवादी कसुरदार देखिएको अन्य तथ्यगत अवस्थाबाट सम्पुष्टि भइरहेको अवस्थामा जाहेरवाला र मौकाका व्यक्तिले गरेको प्रतिकूल बकपत्र (hostile) लाई प्रमाण ग्राह्य गर्न मनासिब नहुने । प्रतिकूल बकपत्र (hostile statement) मुद्दाको समग्र अवस्था, प्रतिकूल बकपत्रको ग्राह्यता वा अग्राह्यताको विश्वसनीयता, अन्य वस्तुगत प्रमाणहरूको तार्किक सादृश्यतासमेतका समग्रताका आधारमा निर्धारण हुनुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11161
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री सत्यराज गुरूङ | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
मुद्दा नं.०७३-CR-०४१७ | ०७३-CR-०७८१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11161
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्