नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11173 · वि.सं. २०८०
नि.नं. 11173 — बन्दीप्रत्यक्षीकरणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
स्थायी वतन र हालको वतन दुवै रहेको अवस्थामा र निज विरूद्ध परेको जाहेरी दरखास्त, अभियोगपत्रलगायतका कागजातमा निजको स्थायी ठेगाना, सम्पर्क नम्बरसहित खुलाएको छ भने उक्त व्यक्ति सोही ठेगानामा बसोबास गर्दछ भन्ने बुझ्न तामेलदारको मात्र होइन न्याय प्रशासनको समेत सामान्य समझको विषय हुने । व्यक्तिको बसोबास अस्थायी ठेगाना छ भन्ने यकिन भएमा वा निज बसाइँ सरी आएको भन्ने प्रमाण मिसिल संलग्न भएमा त्यस्ता प्रमाण कागजातहरूलाई अनदेखा गरी म्याद तामेलीको प्रक्रिया पूरा भएको भनी सुनुवाइ गर्न न्यायिक प्रक्रियाको लागि स्वाभाविक कार्य भन्न नमिल्ने । म्याद तामेलीसम्बन्धी प्रक्रिया प्राकृतिक न्यायको सिद्धान्तको एक महत्त्वपूर्ण अवयव भएकाले म्याद रीतपूर्वक बुझाउनु अदालत प्रशासन तथा तामेलदारको कर्तव्यभित्रको विषय हुने । यदि पक्षले सुनुवाइमा ढिलाई गर्न वा अदालत वा अर्को पक्षलाई दु:ख झन्झट दिन त्यस्तो कार्य गरेको भएमा निजको त्यस्ता कार्यको तस्वीर चित्रण हुने गरी सम्बन्धित कागजातहरूमा खुलाएको हुनुपर्ने । (प्रकरण नं.४) यथेष्ट कानूनी प्रावधानले सुनुवाइको मौका दिनुपर्ने प्रावधानलाई उच्चतम तहमा संवैधानिक तथा कानूनी व्यवस्थाले संरक्षण गरेको परिप्रेक्ष्यमा म्याद तामेली र आफूले प्रतिरक्षा गर्न पाउने सुनुवाइको हकसम्बन्धी व्यवस्थाका प्रावधानहरूको कार्यान्वयन त्रुटिरहित तवरले हुनको लागि सम्बन्धित सबै निकायहरू संवेदनशील हुनु आवश्यक देखिने । (प्रकरण नं.५) हाल बसोबास गरिआएको वतन स्पष्ट खुलेको अवस्थामा स्थायी वतनमा म्याद जारी गर्नाले सम्बन्धित व्यक्तिले म्याद सूचना बुझ्ने सम्भावना वा उक्त म्याद सूचनाको जानकारी पाउने सम्भावना कति न्यून रहन्छ भन्ने विषयलाई अनदेखा गर्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11173 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणसमेत |
| निर्णय वर्ष / मिति | 2080/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०८०-WH-००२४ | ०७६-CB-२७२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11173 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
