नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11166 · वि.सं. २०८०

नि.नं. 11166 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितको असहायपना र संवेदनशील अवस्था एवं न्यायिक प्रक्रियामा सहयोग गरेबापत उठाउनुपर्ने जोखिमको प्रकृति र मात्राको तुलनामा अभियुक्त पक्षबाट प्रयोग हुनसक्ने दबाब र प्रभावको सहजताका कारण पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्ने सम्भावना बढी हुने । पीडितले मौकामा के बेहोरा लेखायो र अदालतमा के बेहोरा लेखायो भनी निजले लेखाएको बेहोरालाई यान्त्रिक रूपमा हेरी त्यस्तो बेहोराको सत्यताको परीक्षण गर्नेतर्फ नै नलागी प्रतिवादीलाई कसुरमा गढाउ वा कसुरबाट सफाइ दिनुपर्छ भन्ने मान्यतालाई सही मान्यता मान्न नसकिने । प्रमाण मूल्याङ्कनमा प्रमाणहरूको संख्याभन्दा पनि उपलब्ध प्रमाणहरूको विश्वसनीयता महत्त्वपूर्ण हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11166
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2079/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री लोकजङ्ग शाह | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित | माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे
मुद्दा नं.०७५-CR-०१०५ | ०७५-CR-०२५३ | ०७८-CR-०९८०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11166
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्