नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11174 · वि.सं. २०८०

नि.नं. 11174 — जग्गा हक कायम धितो लिखत दर्ता बदर दर्ता कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै जग्गाधनीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई नक्कली व्यक्ति खडा गरी लिखत पारित गरिन्छ भने त्यस्तो किर्ते जालसाजको कार्यबापत सजाय मात्र हुन्छ, किर्ते जालसाज ठहरेको लिखतको कानूनी मान्यता कायम रहिरहन्छ भन्न नमिल्ने । कुनै लिखत किर्ते जालसाजपूर्वक तयार भएको ठहर्छ भने त्यसरी किर्ते जालसाजपूर्वक तयार भएको ठहरेपछि त्यस्तो लिखत स्वत: किर्ते जालसाजपूर्वक तयार हुनुपूर्वको अवस्थामा कायम रहन गएको मान्नुपर्ने । सरकारी छाप दस्तखत किर्ते मुद्दा दायर भई सोबमोजिमको कसुर भएको ठहरेकोमा लिखतको कुनै अंश वा भागको मान्यता कायम रहिरहने भनी मान्न नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11174
मुद्दाको विषयजग्गा हक कायम धितो लिखत दर्ता बदर दर्ता कायम ।
निर्णय वर्ष / मिति2079/02/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री किरणकुमार पोखरेल | माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की | माननीय न्यायाधीश श्री विदुर विक्रम थापा
मुद्दा नं.०७२-CI-०४४३ | ०७२-CI-१६८१ | ०७२-CR-१८०१ | ०७२-CR-१७९६
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11174
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्