नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11171 · वि.सं. २०८०
नि.नं. 11171 — खोटा चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसुर गर्ने मनसाय वा भइरहेको कसुरको जानकारीबेगर साथीको नाताले कसुरदारसँगै उपस्थित हुनुलाई नै शंकारहित तवरबाट कसुरदार कायम गर्ने पर्याप्त आधार मान्न नमिल्ने । अवैध सामान बरामद गरिएको प्रतिवादीसँगै रहेको कारणबाट मात्र कसुर गर्ने मनसाय पुष्टि नहुने । सामान्यतया अवैध वस्तु बरामद नभएको प्रतिवादीलाई कसुरदार ठहर्याउन नमिल्ने । बरामद भएको अवैध भारतीय नक्कली नोट कारोबारमा निज प्रतिवादीको संलग्नता शंकारहित तवरबाट पुष्टि भएको नदेखिने । (प्रकरण नं.२) खोटा चलनको कसुर भए तापनि कसुरमा उपस्थित हुनेमध्ये पनि ज-जसको कसुरमा भूमिका पुष्टि हुन्छ उसैलाई मात्र कसुरदार ठहर गर्नु कानूनसङ्गत हुने । साथीले बोलाएकाले गएको र कसुरको मनसाय वा जानकारी नभएको प्रतिवादीको कसुरमा भूमिका स्थापित हुन नसकेका अवस्थामा निजलाई कसुरदार कायम गर्न नमिल्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11171 |
|---|---|
| मुद्दाको विषय | खोटा चलन |
| निर्णय वर्ष / मिति | 2079/07/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७२-CR-२०७४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11171 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
