(१) पाईजामा र गन्जीमा रगत लागेकोमा सो परीक्षण गर्दा मृतकको रगत ग्रुप वि.सँग मिल्ने रगत लागेको भनी परीक्षणबाट पुष्टी भएको देखिएको, निजकै भनाई मुताविक आफूले घटनासम्म देखेको तर मार्नमा सक्रिय नभएको मान्नलाई निजले सो कुराको उजूर जाहेर बेलैमा गरेको हुनुपर्दथ्यो, त्…
(1) ०४४।५।३० को दिन जेल मुक्त भएको निवेदकको कृत्यबाट ०४४।६।१ मा नै अशान्ति हुने सम्भावना रहेको भन्ने कुरा मिल्दो देखिन नआउने । (प्रकरण नं. ८) (2) पूर्वावस्थाको अभावमा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(१)(ख) को कुरामा विरोध पर्न जाने भनी उल्लेख गर्दै ऐ. को दफ…
(१) ज्या.सं.को ४ नं. को कानूनी व्यवस्था अनुसार लाशको सदगद गर्दा पुर्जी लिई मात्र गर्नु पर्नेमा सो नगरी जलाएको देखिएबाट कसूर नगरेको भन्न नमिल्ने । (प्रकरण नं. ४९) (२) मृत्यु भएको २ दिनपछि गाउँका मानिसहरूको सल्लाह समेत भई लाश जलाएको देखिएबाट र अन्य सबूद प्रमाणबा…
(१) गाउँका जान्ने बुझ्ने र प्र.पं. समेत भएकाको धम्की र हप्काईमा परेर तास खेली जितेको पैसा लिई जान दिनबाट रोक्नसम्म भनी मद्दत दिंदा दिंदै वारदातको गम्भीर्यता बढ्न गई कर्तव्य ज्यानको अपराध घट्न गएको अवस्थामा प्रतिवादीहरूलाई कानून बमोजिम सजायँ गर्दा चर्को पर्ने द…
(१) शर्तनामा सहितको हालैको बकसपत्र हुँदा शर्तनामाको पालना नभएमा दाताले बकसपत्र बदर गराउन पाउँदैन भन्नालाई शर्त राखी बकसपत्र दिन पाइन्न भन्ने अर्थ निस्कने, यसरी शर्त राखी बकस दिन पाइन्न भन्न नमिल्ने । (प्रकरण नं. १७) (२) घर बनाई सकेपछि लिखत बमोजिमको घर जग्गा पक…
(१) जुन रेखा सम्बन्धमा भिडाउनु पर्ने अवस्था परिबन्दबाटै नदेखिएको, त्यस्तो कुरालाई आधार प्रमाण मान्न नमिल्ने । (प्रकरण नं. १२) (२) गुठी संस्थान ऐन, ०३३ को दफा ३९ मा गुठीको जग्गा रैकरमा दर्ता भए तापनि गुठीको श्रेस्ताबाट गुठीको जग्गा देखिन आई प्रमाणित हुन आएमा रै…
(१) प्रहरीमा गरेको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुनु पर्ने । (प्रकरण नं. ४१) (२) सहअभियुक्तले प्रहरीमा भएको कागजमा पोल गरेको स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेको स्थितिमा केवल प्रहरीमा भएको सावितीलाई आधारमानी कसूरदार ठहर गर्न न्यायसंगत नहुने । (प्…
(१) भ्र.नि.ऐन, २०१७ को दफा १९(३) मा गिरफ्तार गरिएको व्यक्तिलाई प्रचलित प्रहरी सम्बन्धी कानूनले दिएको अधिकार भन्दा बढी समयसम्म हिरासतमा राख्न परे विशेष प्रहरी अधिकृतले यो ऐन अन्तर्गत तोकिएको वा गठित अदालतको न्यायाधीशको अनुमति लिई थप ३ महीनासम्म हिराशतमा राख्न स…
(१) प्रहरी समक्ष आफू सावित भई अदालतमा मात्र कसूरमा इन्कार रहेको सह–अभियुक्तले गरेको पोल अरु कतैबाट स्वतन्त्र रुपमा पुष्टी भएको देखिन नआएकोले सफाई पाउने ठहर्याएको इन्साफ सदर गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. २१)
(१) जाहेरवालीले चिनेको भनी बकपत्र गरेको हकमा अघिदेखि बेइज्जती मुद्दा प्रतिवादीहरूसँग परेको देखिएबाट केवल उनको बकपत्रलाई मुख्य आधार मानेर कसूरदार ठहर्याउन नमिल्ने । (प्रकरण नं. १९) (२) केवल शंकाको भरमा प्रतिवादीहरूलाई कसूरदार ठहर्याउन मिल्ने नदेखिने । फौज्दार…
(१) राष्ट्र सेवक वा कुनै व्यक्तिले आपूmलाई गैरकानूनी फाइदा र सरकारी मान्यता प्राप्त कुनै संस्थालाई गैरकानूनी हानी पुर्याउने कुनै काम कुरो गरेमा भ्रष्टाचारको आरोप या अभियोग नमान्न र भष्ट्राचार निवारण ऐन अन्तर्गत कारवाही गर्न नमिल्ने भन्न नसकिने । (प्रकरण नं. ३…
(१) आफूलाई भएको अख्तियारको कानूनी आधार प्रमाण कुनै पनि पेश गर्न नसकेको यस्तो स्थितिमा बैंकको कर्मचारी नियमावली, बमोजिम नोकरीबाट वर्खास्त गर्ने गरी बैंकबाट भएको निर्णय उचित र पर्याप्त आधारमा कानून अनुरुप नै गरे भएको देखिने । (प्रकरण नं. १०)
(१) उजूरीमा उल्लेख भएको जग्गाका कि.नं.उल्लेख नगरी उजूरी नै नपरेको जग्गाको कि.नं.उल्लेख गरी जारी गरेको वेरीतको सूचना म्यादबाट प्रतिवाद नगरेको भनी दोष लगाउन नमिल्ने यस्तोमा प्रत्यर्थीको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं…
(१) अधिकार प्राप्त अधिकारीले सबूद प्रमाणको मूल्यांकन गरी अधिकार क्षेत्र भित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)
(१) झगडा परेको जग्गा वादी दावीको ४ किल्लासंग मिली भिडेको देखिने, प्रतिवादीको किल्लासंग भिडेको नदेखिने यस्तो स्थितिमा विवादको जग्गा वादीको राजीनामाको जग्गा देखिन आएको हुँदा वादी दावी बमोजिम प्रतिवादीका नाममा ७ नं. नापी गोश्वाराले दर्ता गरेको दर्ता बदर हुने । (प…
(१) एकै मितिमा एकभन्दा बढी मुद्दामा कैदको सजायँ ठेक्नु पर्ने भयो भने सबैभन्दा ठूलो हदको कैदमा अरु कैदको सजायँ गाभिन जाने र धेरै कलमको कैद बराबर हुन आएकोमा कुनै एक कलमको कैद गर्नु पर्ने । (प्रकरण नं. १७) (२) अघि ठेकिएको जम्मा कैद भन्दा पछि ठेक्न पर्ने कलमको हद…
(१) निर्वाचनको कुरामा उजूरी सुन्ने वर्गीय संगठन निर्वाचन नियमावली, २०३७ को नियम ५९ मा छुट्टै व्यवस्था भएकोले रिट लाग्नै नसक्ने भन्ने मुख्य जिरह लिएकोमा नियममा भएको व्यवस्थाबाट हुनु पर्ने निर्वाचनको कार्य समाप्त भएकोमा चित्त नबुझ्ने उम्मेदवारले उजूर गर्ने व्यवस…
(१) अधिकार सम्पन्न उच्चस्तरीय आयोगबाट जग्गा वितरण गर्दा पनि विद्यमान ऐन नियमको रीत पुर्याई जग्गा वितरण गर्नु पर्ने । (प्रकरण नं. ११) (२) जग्गाको दोहोरो दर्ता कायम रहन सक्ने कानूनी व्यवस्था रहेको नदेखिने । (प्रकरण नं. ११) (३) मालपोत ऐन, ०३४ को दफा ७(३) मा दोहो…
(१) कुनै पनि विषयमा मुद्दा गर्नु पर्ने कारण तब सृजना हुन्छ जुन विषयमा दुबै पक्ष विपक्षको बीच विवाद उत्पन्न हुन जान्छ त्यसैले प्रतिवादीले करारनामा बमोजिमको चामल समयमै तिर्न बुझाउन असमर्थता जनाएको मितिबाटै मुद्दा गर्नु पर्ने कारण सृजना भइसकेको मान्नु पर्ने । (प्…
(१) उद्योगको लागि ल्याएको कच्चा पदार्थको असूल गरी लिएको व्यापार कर कानून प्रतिकूल हुँदा सो असूल गर्ने काम उत्प्रेषणको आदेशद्वारा बदर हुने (प्रकरण नं. १०)
(१) नगरपञ्चायत (कार्यव्यवस्था) नियमावली, २०२० को नियम ७ को उपनियम (१) मा नगरपञ्चायतले आफ्नो क्षेत्रभित्र जुनसुकै किसिमका व्यापारीहरूसंग निजले सो क्षेत्रभित्र बिक्री गर्ने मालको मूल्यको रु.सयमा ।५० पैसा सम्म कर उठाउन सक्ने भन्ने लेखिएकोले आफ्नो क्षेत्रभित्र बिक…