नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3426 · वि.सं. २०४५

नि.नं. 3426 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शर्तनामा सहितको हालैको बकसपत्र हुँदा शर्तनामाको पालना नभएमा दाताले बकसपत्र बदर गराउन पाउँदैन भन्नालाई शर्त राखी बकसपत्र दिन पाइन्न भन्ने अर्थ निस्कने, यसरी शर्त राखी बकस दिन पाइन्न भन्न नमिल्ने । (प्रकरण नं. १७) (२) घर बनाई सकेपछि लिखत बमोजिमको घर जग्गा पक्का भयो भनी शर्तको बन्देज तोड्ने र आफ्नो पुज्यनीय बज्यैलाई घरबाट निकाला गर्ने साहस गर्न पाउँछ भन्नु कानून र न्यायिक कुरा होइन । दान वक्स बमोजिम भएन भनी जिकिर लिंदै यसप्रकारको वेदामको लेनादेनामा वादीले प्रमाणित गर्नुपर्छ भन्ने कुरा पनि न्याय संगत नहुने । (प्रकरण नं. १७) (३) शर्त बमोजिम नभएमा मुद्दा लडी ७४।७५ वर्षकी बुढीलाई वादी प्रतिवादी गरी हिंडी शर्त कायम गराउनु पर्छ भन्नलाई न्याय, व्यवहार र विवेक समेतले नमिल्ने । (प्रकरण नं. १७) (४) घरसारमा शर्तनामा भएको र मिलापत्रबाट समर्थित भएको साथै तत्काल बकसपत्र दिए तापनि शशर्त वक्स दिएको, सो शर्त पालन नभएमा बकसपत्र बदर हुनसक्ने नै हुँदा पक्की घर बनाएको भन्ने आधारमा सो घरको वलेसी सम्मको जग्गाको हकमा बकसपत्र बदर हुन नसक्ने भन्ने म.क्षे.अ. को फैसला त्रुटिपूर्ण भएकाले केही उल्टी हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3426
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2045/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3426
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्