नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3419 · वि.सं. २०४५

नि.नं. 3419 — आफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्‍याए

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राष्ट्र सेवक वा कुनै व्यक्तिले आपूmलाई गैरकानूनी फाइदा र सरकारी मान्यता प्राप्त कुनै संस्थालाई गैरकानूनी हानी पुर्‍याउने कुनै काम कुरो गरेमा भ्रष्टाचारको आरोप या अभियोग नमान्न र भष्ट्राचार निवारण ऐन अन्तर्गत कारवाही गर्न नमिल्ने भन्न नसकिने । (प्रकरण नं. ३८) (२) हस्ताक्षर परीक्षणको सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञले अदालत समक्ष आई बकपत्र गरिदिएको कुराको खण्डन हुनसकेको पनि नपाइँदा विशेषज्ञको रायलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. ३९) (३) आफू लगायत परिवारका नावालक व्यक्तिहरूका नाउँमा समेत विभिन्न खाता खोली रकम जम्मा गराउनु, यसरी जम्मा भएको रकम अत्यन्त छोटो अवधि भित्र नै जम्मा हुन गएको देखिन आउनु र उक्त रकम कहाँबाट कसरी प्राप्त भएको हो ? सो सम्बन्धमा कुनै प्रमाण पेश गर्न सकेको मिसिल प्रमाणबाट देखिन नआउनुले वारदातमा प्रतिवादीहरू कसूरदार रहेनछन् भन्न नसकिने । (प्रकरण नं ४१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3419
मुद्दाको विषयआफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्‍याए
निर्णय वर्ष / मिति2045/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3419
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्