नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3425 · वि.सं. २०४५
नि.नं. 3425 — दर्ता बदर हक कायम समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जुन रेखा सम्बन्धमा भिडाउनु पर्ने अवस्था परिबन्दबाटै नदेखिएको, त्यस्तो कुरालाई आधार प्रमाण मान्न नमिल्ने । (प्रकरण नं. १२) (२) गुठी संस्थान ऐन, ०३३ को दफा ३९ मा गुठीको जग्गा रैकरमा दर्ता भए तापनि गुठीको श्रेस्ताबाट गुठीको जग्गा देखिन आई प्रमाणित हुन आएमा रैकरको लगत कट्टा गरी गुठीको जग्गामा दर्ता गरिने भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १२) (३) उजूरै नपरेको जग्गालाई गुठी कायम गरेको स्पष्टै गैरकानूनी हुँदा विवादित जग्गाहरूलाई गुठीकै कायम गरी गुठीको जग्गालाई रैकरको जग्गा भनी दर्ता गरेको फैसला नमिलेको उल्टी हुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3425 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर हक कायम समेत |
| निर्णय वर्ष / मिति | 2044/12/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3425 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
