नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3413 · वि.सं. २०४५

नि.नं. 3413 — बन्दी–प्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकै मितिमा एकभन्दा बढी मुद्दामा कैदको सजायँ ठेक्नु पर्ने भयो भने सबैभन्दा ठूलो हदको कैदमा अरु कैदको सजायँ गाभिन जाने र धेरै कलमको कैद बराबर हुन आएकोमा कुनै एक कलमको कैद गर्नु पर्ने । (प्रकरण नं. १७) (२) अघि ठेकिएको जम्मा कैद भन्दा पछि ठेक्न पर्ने कलमको हद बढी छ भने अघि कैद ठेक्दा थुनामा परेको मितिदेखि पछि ठेकिएको कलमको हद ननाघ्ने गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. १७) (३) अघि ठेकिएको कैदभन्दा पछि ठेक्ने कलमको कैदको हद घटीभएमा थप कैदठेक्नु नपर्ने । (प्रकरण नं. १७) (४) पछि ठेकिने कलमको हद घटी भए पनि अघि कैद ठेक्दा ठुलो कलमको हद नपुगेको रहेछ भने सो हद नपुगेसम्म पछिल्लो कलमको कैद जोडी कैद ठेक्नु पर्ने । (प्रकरण नं. १७) (५) विभिन्न मितिमा फैसला भए पनि धेरै मुद्दामा कैदको हद बराबर भएमा कुनै एक कलमको कैद भइसकेपछि थप कैद ठेक्नु नपर्ने । (प्रकरण नं. १७) (६) फैसला भइसकेपछि कैद नबस्दै वा थुनामा बसेको अवस्थामा वा थुना कैदबाट छुटेको वा भागेको अवस्था अर्को कसूर गरेकोमा सो बापत थप कैद ठेक्नु पर्ने । (प्रकरण नं १७) (७) मुलुकी ऐन चोरीको तत्काल प्रचलित २८ नं. मा जरिवाना बापत कैद गर्नु पर्दा पन्ध्र सय रुपैयाँदेखि बढी जतिसुकै भए पनि चारवर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था रहेकोबाट जतिसुकै मुद्दामा जरिवाना भए पनि तत्कालिन कानूनी व्यवस्था अनुसार पन्ध्र शय भन्दा बढी जरिवाना भएकोमा चार वर्षसम्म मात्र कैद हुनसक्ने देखिने, उक्त चोरीको तत्कालिन २८ नं. को व्यवस्थाबाट रिट निवेदकलाई उपर्युक्त तीन कलमको जरिवाना बापत कैद वर्ष चारसम्म हुनसक्ने हुँदा सो भन्दा बढी कैद गर्न नमिल्ने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3413
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2044/12/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्रीप्रचण्ड राज अनिलको राय भई मिति २०४४।२।२७ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिव ठहर्छ । यो आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3413
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्