सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १५० नजिर अभिलेखमध्ये पृष्ठ २ / ७

नि.नं. 11351वि.सं. २०८१संयुक्त इजलास

लिखित बेइज्जती

सामान्य रूपमा मुद्दामा व्यक्त गरिएका कथन केवल मुद्दाको निरूपण गर्ने प्रयोजनसम्मका लागि हो तर कुनै व्यक्तिको इज्जतमा आँच आउने गरी हुँदै नभएको, प्रसङ्गविहीन, अतिशयोक्तिपूर्ण, कोरा कल्पनामा आधारित निकृष्ट अभिव्यक्ति दिने कार्य सधैँ र सबै अवस्थामा स्वीकार्य हुन सक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11350वि.सं. २०८१संयुक्त इजलास

जबरजस्ती करणी

कानूनमा अन्य नाताको व्यक्तिका बिचमा करणी गर्नेलाई सजायको व्यवस्थासमेत हाडनाता करणीको महलमा गरेको देखिएको र आफ्नै श्रीमतीले अघिल्लो लोग्नेबाट जन्मिएको छोरीलाई साथमा ल्याई सँगसाथै बसेको र संरक्षकत्वसमेत प्रदान गरेकोमा आफ्नै छोरी नभए तापनि सँगसाथ ल्याएकी आफ्नै श्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11349वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

माग आकृति फाराम भरी न्याय सेवा आयोगमा लेखी पठाउने सम्बन्धित निकाय र आयोगले आफ्नो जानकारीसम्मको लागि प्रतिशत निर्धारण भएसमेतका कुल पदको अभिलेख राखिने भए तापनि प्रतिशत निर्धारण गर्ने समयमा २१औं देखिको पदहरूलाई पुनः नयाँ चक्रको पहिलोबाट गणना गरी प्रतिशत निर्धारण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11348वि.सं. २०८१संयुक्त इजलास

जबरजस्ती करणी

बालबालिकालाई अनुचित प्रभावमा पारी गरिने करणीबाहेक समान उमेर समूहका वा केही निश्चित उमेरको अन्तराल मात्र भएका बालबालिकाहरूबिच प्रेम सम्बन्ध तथा यौन चाहनाका कारण आपसमा निकटता रही शारीरिक सम्बन्ध वा करणी लेनदेन हुन सक्ने अवस्थालाई अनदेखा गरी कानूनको व्याख्या यन्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11347वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषणसमेत

सशस्त्र द्वन्द्वको कारण विस्थापित हुनेहरूको जीवन, स्वतन्त्रता, समानता र सम्पत्तिको हक, शिक्षा, रोजगारीलगायत धार्मिक, सांस्कृतिक, एवं स्वच्छ वातावरणमा बाँच्न पाउने हक, समावेशिता र सहभागिताका हकहरूमा समेत जुन किसिमले असर परेको छ ती सबै हकहरू पुन:स्थापित (restore…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11346वि.सं. २०८१संयुक्त इजलास

अंशबन्डा गरिपाऊँ ।

अंशबन्डा गरिपाऊँ

कसैले निजी तवरबाट दान बकस पाएको भए त्यस्तो सम्पत्ति अन्य अंशियारलाई बन्डा नलाग्ने तथ्यमा विवाद भएन तर उक्त कानूनमा प्रयुक्त “निजी तवरले दान वा बकस पाएको” भन्ने वाक्यांश हेर्दा त्यस्तो सम्पत्ति बकस पाएको मात्र नभई “निजी तवरले” बकस पाएको हो वा होइन भन्ने हेर्नुप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11345वि.सं. २०८१पूर्ण इजलास

उत्प्रेषणसमेत

लिलाम सकार गर्ने व्यक्तिले जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५ को उपनियम ७क. बमोजिम रकम दाखिल गरिसकेपछि पनि मुलुकी ऐन दण्ड सजायको ६१ नं. बमोजिमको म्यादभित्र फैसला कार्यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीले गरेको काम कारबाहीमा चित्त नबुझ्ने सरोकारवाला व्यक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11344वि.सं. २०८१पूर्ण इजलास

मूल्य अभिवृद्धि कर (०६४-०६७)

मूल्य अभिवृद्धि कर

कर छली गर्ने मनसायले कर विवरण पेस भएको अवस्थामा हदम्यादको सीमा नतोकिनु विधायिकी मनसाय नै रहेको देखिने । कानूनमा भएको अपवादात्मक व्यवस्था वा विशेष व्यवस्थालाई विधायिकाको अन्तिम आशयको रूपमा लिइने । कुनै कानूनमा एकै दफामा सामान्य र विशेष गरी दुई फरक प्रावधान राखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11343वि.सं. २०८१पूर्ण इजलास

निखनाई पाऊँ

खेतीयोग्य जग्गाको हकमा दुई जग्गा वा कित्ताको साँध जोडिँदैमा एक अर्काको सन्धिसर्पन पर्ने भनी सम्झनु वा अर्थ गर्न नमिल्ने । सन्धिसर्पनको लागि जुन ठाउँ वा जग्गाको उपयोग वा प्रयोगविना त्यससँग जोडिएको अर्को ठाउँ वा जग्गाको उपयोग हुन नसक्ने अवस्था आवश्यक हुने । सन्ध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11342वि.सं. २०८१पूर्ण इजलास

उत्प्रेषण

महालेखा परीक्षकबाट लेखापरीक्षणपश्चात् जारी गरिएका रायसहितको लेखापरीक्षण प्रतिवेदन वा वार्षिक प्रतिवेदन नीतिगत सिफारिस (पोलिसी रेकोम्मेन्डटीओन्) वा परामर्श (कोन्सुल्तसन) को रूपमा हुने नभई आर्थिक कारोबार, अर्थ अनुशासन वा वित्तीय उत्तरदायित्व कायम गर्नका लागि अनि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11341वि.सं. २०८१पूर्ण इजलास

निर्णय दर्ता बदर, नामसारी हक कायमसमेत

विवादित जग्गामा पुनरावेदकको निर्विवाद हक स्थापित नभई उक्त जग्गा गुठीको भन्ने प्रमाणित भएको हुँदा आफ्नो जग्गालाई जुनसुकै समयमा पनि आफ्नो नाउँमा दर्ता कायम गर्न पाउने कुरामा विमति हुन नसक्ने । गुठी संस्थानले कित्ताफोड गरी कायम भएको एउटा कित्ता जग्गा आफ्नो नाउँमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11340वि.सं. २०८१पूर्ण इजलास

उत्प्रेषणसमेत

देवानी विवाद भए पनि बिगो नतिरेको कारण बिगोलाई कैदमा परिणत गरी कैद तोक्नुपर्ने हुँदा यसमा फौजदारी तत्त्व विद्यमान रहने । जुन बखतमा रकम तिर्नेबारे कागज भएको हो सोही समयको कानून आकर्षित हुने । मुलुकी देवानी संहिता, २०७५ भदौ १ गतेबाट मात्र लागु भएको हुँदा बिगो नति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11339वि.सं. २०८१संयुक्त इजलास

चेक अनादर

बैंकको खाता सञ्चालकलाई खातामा के कति रकम मौज्दात छ, के कति रकमको चेक खिच्दा सोको भुक्तानी हुन सक्दछ भन्नेलगायतका खातासँग सम्बन्धित सम्पूर्ण कुराको विवरण र जानकारी प्राप्त हुने । यसरी सम्पूर्ण विवरणको जानकार व्यक्तिले खातामा रहेको मौज्दातले नखाम्ने अङ्कको चेक क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11338वि.सं. २०८१संयुक्त इजलास

करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ ।

कुनै सम्झौता वा करार, करारका पक्षहरूबाट भएको थियो वा थिएन भन्ने विषयको समाधान गर्न त्यस सम्झौता वा करारको वैधानिकता परीक्षण गर्नुपर्ने । यस्तोमा पहिलो प्रमाण भनेकै सम्झौता वा करारको सक्कल प्रति हुने । यदि सक्कल प्रति अदालतमा प्रस्तुत गर्दा पनि विवाद समाधान हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11337वि.सं. २०८१संयुक्त इजलास

आयकर (०६५ / ६६)

कम्पनीले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि training, seminar र conference सञ्चालन गर्न कानूनले निषेध गरेको पाइँदैन र व्यावसायिक सशक्तीकरणको लागि व्यवसायको प्रवर्द्धन अपरिहार्य रहेको मान्नुपर्ने । कुनै कानूनले व्यवसाय प्रवर्द्धनसम्बन्धी गतिविधिलाई निषेध नगरेको र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11336वि.सं. २०८१संयुक्त इजलास

पूर्वादेश

TDS भनेको भुक्तानीकै समयमा स्रोतमा नै करकट्टी हुने प्रावधानलाई भुक्तानी (स्रोत) मा करकट्टी (Tax Deduction at Source) भन्ने बुझिने । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्ने व्यक्ति वा प्रापकबाट आय गर्दाकै समयमा तिरिने करको अवधारणा भएकोले यसलाई Pay a…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11335वि.सं. २०८१संयुक्त इजलास

बहुविवाह

प्रचलित नेपाल कानूनले कुनै समुदाय वा सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदको व्यवहारलाई मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागु हुने एकीकृत कानून प्रचलनमा रहेको अवस्थामा मुस्लिम समुदायमा हुने एकतर्फीय प्रकृतिको सम्बन्ध विच्छेद जस्तै तीन तलाक (t…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11334वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषणसमेत

निजामती सेवा ऐन, २०४९ को दफा २४घ१ को व्यवस्था समयबद्ध पदोन्नति (टाईम बोउन्द प्रोमोसन) को व्यवस्था हो । यो व्यवस्था लामो समयसम्म एउटै पदमा कार्यरत रहिरहँदा कर्मचारीमा नैराश्यताको भावना उत्पन्न हुन नदिनबाट रोक्न यस प्रकारको व्यवस्था गरिएको हुनाले निजामती कर्मचार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11333वि.सं. २०८१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

स्वास्थ्यको अधिकार जीवनको अधिकारसँग जोडिएको हुने । आफ्नो स्वतन्त्रता गुमाएर कारागारमा कैदी जीवन बिताइरहेको नाजुक स्वास्थ्य अवस्थाको कारण जीवन तत्कालै गुमाउने जोखिममा रहेको व्यक्तिलाई स्वास्थ्यमा पहुँचको हकको सुनिश्चितता गर्न, स्वास्थ्यको अधिकारको पूर्ण उपभोगमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11332वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

एक पटक कुनै तहमा समायोजन भएको कर्मचारीलाई समायोजन संशोधन गरी पुन: अन्य स्थानमा पठाउने कानूनी व्यवस्था कर्मचारी समायोजन ऐन, २०७५ र कर्मचारी समायोजन नियमावली, २०७४ मा रहेको नदेखिने । (प्रकरण नं. ४) कर्मचारी समायोजनको कार्य विशुद्ध प्रशासकीय कार्य भई कार्यपालिकाक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11331वि.सं. २०८१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

अदालत आस्थाको धरोहर भएको हुँदा न्यायको लागि त्यहाँ प्रवेश गर्ने प्रत्येक व्यक्तिले तथा निजको प्रतिनिधित्व गर्ने कानून व्यवसायीले समेत लिखित र मौखिक रूपमा अदालतलाई सत्य तथ्य खुलाई न्याय सम्पादनमा सहयोग गर्नु अपेक्षित हुने । अदालतमा पेस गरिने कागजातको प्रारम्भिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11330वि.सं. २०८१संयुक्त इजलास

अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी

बालविवाह भनेको उमेर नपुग्दै, वयस्क नहुँदै हुने विवाह भएकोले यस्तो अवस्थामा मानसिक, शारीरिक र भौतिक अवस्थासमेत परिपक्व भइसकेको नहुने । यस्तो विवाहमा दुवै पक्ष वा एक पक्ष मात्रको उमेर साबालक नभएको हुन सक्ने । बालविवाहले गर्दा बालबालिकाको मानसिक विकास, शारीरिक वि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11329वि.सं. २०८१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणसमेत

बसाइँसराइको प्रमाणपत्र जारी गर्ने अधिकारप्राप्त अधिकारी / निकायको रूपमा कानूनले स्थानीय पञ्जिकाधिकारी / स्थानीय पञ्जिकाधिकारीको कार्यालयलाई मान्यता दिएको देखिएको र आधिकारिक निकायबाट प्रदान गरेको बसाइँसराइको प्रमाणपत्र केवल वतनको सूचना मात्र नभई व्यक्तिको वतनको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11328वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषणसमेत

अवकाश कोष हिताधिकारी प्राकृतिक व्यक्ति (प्रस्तुत सन्दर्भमा रोजगारकर्ता वा कर्मचारी) ले अवकाश लिएको अवस्थामा वा सो रकम नपाउँदै निजको मृत्यु भएमा निजको आश्रितलाई दिने भुक्तानीको प्रयोजनको लागि स्थापना भएको कोष रहेछ भनी बुझ्नुपर्ने । उक्त परिभाषाबाट अवकाश भुक्तान…

नजिर सार पढ्नुहोस् →