नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11342 · वि.सं. २०८१

नि.नं. 11342 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

महालेखा परीक्षकबाट लेखापरीक्षणपश्चात् जारी गरिएका रायसहितको लेखापरीक्षण प्रतिवेदन वा वार्षिक प्रतिवेदन नीतिगत सिफारिस (पोलिसी रेकोम्मेन्डटीओन्) वा परामर्श (कोन्सुल्तसन) को रूपमा हुने नभई आर्थिक कारोबार, अर्थ अनुशासन वा वित्तीय उत्तरदायित्व कायम गर्नका लागि अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने प्रकृतिको हुने । महालेखा परीक्षक आर्थिक सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गराउने निकाय भएकाले यसको रायलाई सम्बन्धित कार्यालयको लागि बाध्यात्मक प्रकृतिको रहेको मान्नुपर्ने । (प्रकरण नं ।१२) महालेखा परीक्षकको प्रतिवेदन स्वतः कार्यान्वित हुने प्रकृतिको दस्ताबेज नभई सम्बन्धित कार्यालयका लेखा उत्तरदायी अधिकृत, जिम्मेवार व्यक्तिहरूमार्फत मात्र कार्यान्वयन हुने प्रकृतिको देखिएकाले महालेखा परीक्षकले लेखापरीक्षण गरी प्रतिवेदन तयार गर्दाका बखतमा नभई असुलउपर गरिनुपर्ने बेरूजु औंल्याइएपश्चात् कानूनबमोजिम असुलउपर गर्ने जिम्मेवारी भएको कार्यालयबाट असुलउपरको काम कारबाही गर्दाका बखत सो बेरूजुको रकम दाखिला गर्नुपर्ने दायित्व रहेको व्यक्ति, संस्था वा कम्पनीलाई प्राकृतिक न्यायको सिद्धान्तबमोजिम सुनुवाइको मौका दिनुपर्ने । (प्रकरण नं ।२३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11342
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2080/09/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०८०-WF-०००३
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11342
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्