नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11343 · वि.सं. २०८१

नि.नं. 11343 — निखनाई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

खेतीयोग्य जग्गाको हकमा दुई जग्गा वा कित्ताको साँध जोडिँदैमा एक अर्काको सन्धिसर्पन पर्ने भनी सम्झनु वा अर्थ गर्न नमिल्ने । सन्धिसर्पनको लागि जुन ठाउँ वा जग्गाको उपयोग वा प्रयोगविना त्यससँग जोडिएको अर्को ठाउँ वा जग्गाको उपयोग हुन नसक्ने अवस्था आवश्यक हुने । सन्धिसर्पन पर्नको लागि एउटा जग्गा नभई अर्को जग्गामा आवतजावत निकास बाटो बन्द हुन वा पानी लाग्ने लगाउने खेतीलगायतका अन्य कार्य गर्न नपाउने अवस्था हुनुपर्ने । ऐनले साँध जोडिएको जग्गा निखन्न पाउने व्यवस्था गरेको नभई सन्धिसर्पन परेको जग्गा निखन्न पाउने कानूनी व्यवस्था गरेको हुँदा अदालतबाट भएको नक्सा मुचुल्काबाट जग्गाको पूर्व र पश्चिमतर्फबाट उत्तर दक्षिण समानान्तर रूपमा बाटो निकास रहेको देखिएको अवस्थामा साँध जोडिएकोले सन्धिसर्पन परेको भन्न नमिल्ने । (प्रकरण नं ।७) जग्गा निखनाई पाउनको लागि दाबी लिने वादीले दाबीको जग्गा सन्धिसर्पन पर्ने स्पष्ट आधार नदेखाई केवल साँध सिमाना मिलेको भन्ने मात्र आधारले निखनी लिन नपाउने । निखनाई पाउने हक तब मात्र सिर्जना हुन्छ जब कुनै व्यक्तिको घर वा जग्गाको कारणबाट साँध जोडिएका व्यक्तिको घर वा जग्गामा कुनै न कुनै प्रकारले निकास अवरूद्ध भएको हुनुपर्ने । (प्रकरण नं ।८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11343
मुद्दाको विषयनिखनाई पाऊँ
निर्णय वर्ष / मिति2080/09/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी | माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल | माननीय न्यायाधीश श्री हरिप्रताप के ।सी । | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-NF-००२२
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11343
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्