नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11351 · वि.सं. २०८१
नि.नं. 11351 — लिखित बेइज्जती
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामान्य रूपमा मुद्दामा व्यक्त गरिएका कथन केवल मुद्दाको निरूपण गर्ने प्रयोजनसम्मका लागि हो तर कुनै व्यक्तिको इज्जतमा आँच आउने गरी हुँदै नभएको, प्रसङ्गविहीन, अतिशयोक्तिपूर्ण, कोरा कल्पनामा आधारित निकृष्ट अभिव्यक्ति दिने कार्य सधैँ र सबै अवस्थामा स्वीकार्य हुन सक्दैन र मुद्दाको प्रसङ्गमा समेत सो कुरा अपवाद हुन नसक्ने । (प्रकरण नं.४) गाली बेइज्जतीले व्यक्तिको चरित्रमा कति असर र प्रभाव पारेको छ त्यसबाट सिर्जित परिणामले निजलाई समाजमा जीविकोपार्जन गर्न तथा समाजमा निजको प्रतिष्ठामा तथा निजी जीवनमा कति असहज बनाएको भन्ने विषय पनि विचार गर्नुपर्ने । मुद्दाका प्रसङ्गमा भए पनि प्रतिवादीले अरूको इज्जतमा प्रश्न उठाउन नसक्ने । यौन कार्यमा संलग्न महिलालाई पनि सहमतिबिना यौन सम्बन्धमा इन्कार गर्ने अधिकार छ भने जबरजस्ती मुद्दाका प्रतिवादीले एउटी महिला जसको नाबालक छोरी नै जबरजस्ती करणीको कारण मानसिक एवम् शारीरिक रूपमा प्रताडित भइरहेको अवस्थामा उल्टै जाहेरवालाको चरित्रमाथि नै गम्भीर प्रश्न उठ्ने गरी बयान तथा बकपत्र बेहोराबाट यौनधन्दा जस्तो कार्यमा संलग्न रहेको भन्ने कुरा लिखित रूपमा नै प्रस्ट भएबाट प्रतिवादीहरूको त्यस्तो अभिव्यक्तिले फिरादीको मान इज्जत र सामाजिक प्रतिष्ठामा धक्का पुगेको देखिँदा लिखित गाली बेइज्जती ठहर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11351 |
|---|---|
| मुद्दाको विषय | लिखित बेइज्जती |
| निर्णय वर्ष / मिति | 2080/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला | माननीय न्यायाधीश श्री गुणराज ढुंगेल | माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल |
| मुद्दा नं. | ०७८-CR-०७६२ | ०७८-CR-०७६३ | ०७३-CS-०२३५ | ०७४-CR-१३०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11351 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
