नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11337 · वि.सं. २०८१
नि.नं. 11337 — आयकर (०६५ / ६६)
सिद्धान्त / नजिर सार (Headnote Summary)
कम्पनीले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि training, seminar र conference सञ्चालन गर्न कानूनले निषेध गरेको पाइँदैन र व्यावसायिक सशक्तीकरणको लागि व्यवसायको प्रवर्द्धन अपरिहार्य रहेको मान्नुपर्ने । कुनै कानूनले व्यवसाय प्रवर्द्धनसम्बन्धी गतिविधिलाई निषेध नगरेको र आर्थिक ऐनले व्यवसाय प्रवर्द्धनको लागि training, seminar र conference सञ्चालनमा खपत भएका सामग्रीहरू पनि आकस्मिक लाभअन्तर्गत पर्ने भन्ने उल्लेख नगरेको अवस्थामा कर कार्यालयले दाबी लिएको आधारमा मात्र उक्त विषयलाई आकस्मिक लाभको विषय मान्न नमिल्ने । आर्थिक ऐन, २०६५ को दफा १७ ले कुनै चिठ्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै पनि माध्यमबाट कुनै व्यक्तिलाई नियमित तवरले नभई आकस्मिक तवरले लाभ प्राप्त भएको हुनुपर्ने । Training, seminar र conference सञ्चालनमा खपत भएका सामग्री आफैँमा कुनै लाभ हो भन्न मिल्ने पनि देखिँदैन भने उक्त कार्यमा को कुन व्यक्तिले के कुन लाभ प्राप्त गर्यो भन्ने पनि खुल्न सकेको नदेखिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11337 |
|---|---|
| मुद्दाको विषय | आयकर (०६५ / ६६) |
| निर्णय वर्ष / मिति | 2079/10/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७४-RB-०००३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11337 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
