नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11350 · वि.सं. २०८१

नि.नं. 11350 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनमा अन्य नाताको व्यक्तिका बिचमा करणी गर्नेलाई सजायको व्यवस्थासमेत हाडनाता करणीको महलमा गरेको देखिएको र आफ्नै श्रीमतीले अघिल्लो लोग्नेबाट जन्मिएको छोरीलाई साथमा ल्याई सँगसाथै बसेको र संरक्षकत्वसमेत प्रदान गरेकोमा आफ्नै छोरी नभए तापनि सँगसाथ ल्याएकी आफ्नै श्रीमतीको छोरीलाई करणी गरेको अवस्थामा अन्य नाताका बिचमा करणी गरेको मान्नुपर्ने । यसरी आफ्नै सँगसाथ तथा संरक्षकत्वमा बस्ने आफ्नै श्रीमतीले अघिल्लो लोग्नेतर्फबाट जन्मेका छोरीलाई करणी गर्दा हाडनाता हुँदैन भन्नु कानूनको सही र सान्दर्भिक व्याख्या हुन नसक्ने । सौतेनी आमा छोराबिच करणी भएकोमा कानूनको व्याख्या भएको तर सौतेनी छोरीका हकमा कानून मौन भएकोमा मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं । मा भएको अन्य नाताभित्र सौतेनी बाबु छोरी परेको अर्थमा बुझ्नुपर्ने । (प्रकरण नं ।५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11350
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2080/07/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री दयानाथ खरेल | माननीय न्यायाधीश श्री दिपेन्द्रबहादुर बम
मुद्दा नं.०७६-CR-०९०३
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11350
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्