नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11345 · वि.सं. २०८१
नि.नं. 11345 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
लिलाम सकार गर्ने व्यक्तिले जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५ को उपनियम ७क. बमोजिम रकम दाखिल गरिसकेपछि पनि मुलुकी ऐन दण्ड सजायको ६१ नं. बमोजिमको म्यादभित्र फैसला कार्यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीले गरेको काम कारबाहीमा चित्त नबुझ्ने सरोकारवाला व्यक्तिले उजुर गर्न सक्ने स्पष्ट कानूनी व्यवस्था रहेको पाइँदा लिलाम सकार गर्ने पक्षले डाँक कबोल गरेबमोजिमको रकम दाखिल गरेपछि निजको स्वत: हक सिर्जना भइहाल्ने नभई मुलुकी ऐन दण्ड सजायको ६१ नं. को म्यादभित्र कोही कसैको दाबी उजुर नपरे वा त्यसरी परेको उजुरीको कानूनबमोजिम अन्तिम टुङ्गो लागेपछि मात्र लिलाम सकार गरेको सम्पत्तिमा हक प्राप्त गर्ने अवस्था हुने । लेनदेन मुद्दाका प्रतिवादी निवेदकले दण्ड सजायको ६१ नं. को म्यादभित्र वादीले भराइपाउने ठहरेको बिगोसमेत दाखिल गरी डाँक लिलाम बदर गरिपाउन उजुरी निवेदन लिई आएको अवस्थामा उजुरी निवेदन दर्ता गरी बिगो धरौटी राखी उजुरी निवेदन इजलाससमक्ष पेस गर्ने गरेको तहसिलदारको कार्य कानूनविपरीत मान्न नमिल्ने । तहसिलदारले गरेको काम कारबाहीमा चित्त नबुझ्ने पक्षको उजुरी निवेदन ग्रहण गर्न तहसिलदारले इन्कार गर्न नमिल्ने । आफूले गरेको काम कारबाहीउपरको उजुरी नै तहसिलदारले ग्रहण गर्न मिल्दैन भनेर अर्थ गर्ने हो भने मुलुकी ऐन दण्ड सजायको ६१ नं.को कानूनी व्यवस्था निस्तेज हुने मात्र होइन तहसिलदार कर्मचारीको स्वेच्छाचारिताले समेत प्रश्रय पाउने अवस्था हुन जाने । दण्ड सजायको ६१ नं.को कानूनी व्यवस्थाबमोजिम रिट निवेदकले दाखिल गरेको बिगो धरौटी राखी लिलाम मुचुल्काउपरको उजुरी दर्ता गरेको कार्यलाई विधिसम्मत मान्नुपर्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11345 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2080/10/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल | माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०७६-WF-०००४ | ०६७-WO-१०७५ | ०७८-WF-००२७ | ०६६-WO-०४०० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11345 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
