नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11347 · वि.सं. २०८१

नि.नं. 11347 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

सशस्त्र द्वन्द्वको कारण विस्थापित हुनेहरूको जीवन, स्वतन्त्रता, समानता र सम्पत्तिको हक, शिक्षा, रोजगारीलगायत धार्मिक, सांस्कृतिक, एवं स्वच्छ वातावरणमा बाँच्न पाउने हक, समावेशिता र सहभागिताका हकहरूमा समेत जुन किसिमले असर परेको छ ती सबै हकहरू पुन:स्थापित (restore) गर्नु राज्य संयन्त्रको दायित्व हुने । (प्रकरण नं.५) नेपालको संविधानको प्रस्तावना, मौलिक हकसम्बन्धी व्यवस्थाहरूले परोक्ष रूपमा र धारा ४२(५) ले प्रत्यक्षरूपमा द्वन्द्वको कारण विस्थापित हरूको हकमा कार्य गर्ने दायित्व राज्यउपर सुम्पेको अवस्थामा राज्यले विस्तृत शान्ति सम्झौताअनुरूप द्वन्द्वबाट विस्थापित भएका परिवार, व्यक्ति तथा नागरिकका हकमा न्याय दिने, राहत दिने तथा स-सम्मान पुनर्स्थापना गर्ने कुरामा प्रतिबद्धता जनाइ सम्झौता गरेपछि उनीहरूप्रति सोअनुरूपको कार्य गर्नुपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11347
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2080/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल
मुद्दा नं.०७९-WO-०१५२
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11347
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्