नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11332 · वि.सं. २०८१

नि.नं. 11332 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

एक पटक कुनै तहमा समायोजन भएको कर्मचारीलाई समायोजन संशोधन गरी पुन: अन्य स्थानमा पठाउने कानूनी व्यवस्था कर्मचारी समायोजन ऐन, २०७५ र कर्मचारी समायोजन नियमावली, २०७४ मा रहेको नदेखिने । (प्रकरण नं. ४) कर्मचारी समायोजनको कार्य विशुद्ध प्रशासकीय कार्य भई कार्यपालिकाको क्षेत्राधिकारभित्र पर्ने विषय विवाद नभएको । कार्यपालिकीय क्षेत्राधिकारअन्तर्गत पर्ने भई नेपाल सरकारबाट सम्पादित त्यस्ता प्रशासकीय कार्यहरूमा अदालतको हस्तक्षेप उचित नहुने । तर त्यसरी सम्पादित कार्य न्यायिक विवेक वा कानूनको उचित प्रक्रिया पुर्‍याई गरिएको छैन भनी सरकारको कामकारबाहीमा प्रश्न उठाई सरोकारवाला अदालत प्रवेश गरेको अवस्थामा सरकारको कामकारबाही परीक्षण गर्ने कर्तव्य स्वाभाविक रूपले अदालतको हुने । कतै लिपिवद्ध नभए पनि कसैलाई मर्का पर्ने गरी कुनै कामकारबाही वा निर्णय गर्नुअघि सो विषयको सूचना सम्बन्धित व्यक्तिलाई दिने भन्ने प्राकृतिक न्यायको सर्वव्यापी मान्यता हो । प्रशासनिक निर्णय वा कामकारबाहीमा स्वच्छता र निष्पक्षता कायम गर्न त्यस्तो निर्णयबाट प्रभावित हुने पक्षलाई आफ्नो भनाइ राख्ने अवसर प्रदान गर्नुपर्ने मान्यता प्राकृतिक न्यायले आत्मसात् गरेको हुन्छ । प्राकृतिक न्यायको मूल्य मान्यतालाई आत्मसात् नगरी एकाङ्गी तवरले गरेको निर्णय वा कामकारबाही सदा संशयको घेरामा रहने । त्यसैले निर्णय वा कामकारबाहीहरू स्वच्छ र निष्पक्ष छ, छैनन् भनी परीक्षण गर्ने विभिन्न कसीमध्ये प्राकृतिक न्यायको सिद्धान्त अवलम्बन भएको छ छैन भन्ने पनि हुने । (प्रकरण नं. ५) कर्मचारीहरूलाई संघमा समायोजन गर्दा कार्यरत पदको ज्येष्ठता, कार्यरत पदभन्दा तल्लो श्रेणी वा तहको पदको ज्येष्ठता र उमेरको ज्येष्ठता तथा प्रदेश वा स्थानीय तहमा समायोजन गर्दा कार्यरत पदको ज्येष्ठता, कार्यरत पदभन्दा तल्लो श्रेणी वा तहको पदको ज्येष्ठता, कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना र उमेरको ज्येष्ठतालाई आधार बनाउनुपर्ने । (प्रकरण नं ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11332
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2079/10/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७६-WO-०१९७
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11332
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्