नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11348 · वि.सं. २०८१

नि.नं. 11348 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

बालबालिकालाई अनुचित प्रभावमा पारी गरिने करणीबाहेक समान उमेर समूहका वा केही निश्चित उमेरको अन्तराल मात्र भएका बालबालिकाहरूबिच प्रेम सम्बन्ध तथा यौन चाहनाका कारण आपसमा निकटता रही शारीरिक सम्बन्ध वा करणी लेनदेन हुन सक्ने अवस्थालाई अनदेखा गरी कानूनको व्याख्या यन्त्रवत् रूपमा गरी बालबालिकालाई सजाय निर्धारण गर्ने हो भने त्यस्ता बालबालिकाप्रति गरिने निर्णय विवेकसम्मत र न्यायोचित नहुने । (प्रकरण नं ।४) वैवाहिक जोडीबिचमा आपसी सहमतिमा हुन सक्ने करणी आपराधिक मनसाय नभई सामाजिक मूल्य मान्यता, समाज विकासको आधारभूत पक्ष एवम् शारीरिक आवश्यकता भएकोले विवाहित पति पत्नीबिचको आपसी सहमति र भावनाका साथ भएको शारीरिक सम्पर्कभन्दा अन्यथा रूपमा हेरी कसुर कायम गर्नु न्यायोचित नहुने । विवाह गरी सँगै बस्ने सहमति गर्नु र विवाह गरी केही समय पीडित र प्रतिवादी सँगैसाथै रहेको अवस्थामा भएको शारीरिक तथा यौन सम्बन्धलाई लिएर जबरजस्ती करणीजस्तो गम्भीर कसुरमा कठोर सजाय गर्नुसमेत विवेकसम्मत नहुने । विधिकर्ताले समेत यस्ता प्रकृतिका कसुरमा अन्य जबरजस्ती करणीको कसुरमा भन्दा कम सजाय हुने व्यवस्था मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं । को देहाय ६ मा गरेको देखिने । (प्रकरण नं ।७) परम्पराअनुसार विवाह भएको तथ्य स्थापित भई विवाहित जोडी कायम भएकै अवस्थामा जबरजस्ती करणी गरेमा अन्य अवस्थामा भएको जबरजस्ती करणी गर्ने व्यक्तिलाई हुने सजायसरह विवाहितहरूबिच भएको जबरजस्ती करणीलाई पनि सजाय गर्नु न्यायोचित नहुने । विवाहित जोडीहरूबिचमा करणी भएको तर त्यस्तो करणीमा महिलाको असहमति रहेको देखिएको अवस्थामा तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं ।बमोजिमको कसुर कायम गरी ऐ । महलको ३ नं । को देहाय ६ बमोजिमको सजाय गर्दा नै न्यायोचित हुने । (प्रकरण नं ।८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11348
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2078/06/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई
मुद्दा नं.०७५-CR-१९१५
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11348
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्