नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11338 · वि.सं. २०८१

नि.नं. 11338 — करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै सम्झौता वा करार, करारका पक्षहरूबाट भएको थियो वा थिएन भन्ने विषयको समाधान गर्न त्यस सम्झौता वा करारको वैधानिकता परीक्षण गर्नुपर्ने । यस्तोमा पहिलो प्रमाण भनेकै सम्झौता वा करारको सक्कल प्रति हुने । यदि सक्कल प्रति अदालतमा प्रस्तुत गर्दा पनि विवाद समाधान हुन नसके त्यस सम्झौता वा करारमा रहेको पक्षहरूको सहीछाप, ल्याप्चे परीक्षणबाट विवादको समाधान गर्नुपर्ने । त्यस्तै सम्झौता वा करार गर्दा साक्षीहरू राखिएको भए साक्षी झिकाई वास्तविकता बुझ्नुपर्ने वा कुनै सरकारी कार्यालयमा गई पक्षहरूले सम्झौता वा करार प्रमाणित गराएको भए प्रमाणित गराएको कार्यालयबाट अधिकारिकता जाँचबाट मात्र सम्झौता भएको हो वा होइन भन्न सक्ने अवस्था रहने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11338
मुद्दाको विषयकरारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ ।
निर्णय वर्ष / मिति2080/06/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७३-CI-०२५९ | ०७१-CI-००४१
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11338
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्