नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11329 · वि.सं. २०८१

नि.नं. 11329 — बन्दीप्रत्यक्षीकरणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

बसाइँसराइको प्रमाणपत्र जारी गर्ने अधिकारप्राप्त अधिकारी / निकायको रूपमा कानूनले स्थानीय पञ्जिकाधिकारी / स्थानीय पञ्जिकाधिकारीको कार्यालयलाई मान्यता दिएको देखिएको र आधिकारिक निकायबाट प्रदान गरेको बसाइँसराइको प्रमाणपत्र केवल वतनको सूचना मात्र नभई व्यक्तिको वतनको सम्बन्धमा आधिकारिक दस्तावेजको रूपमा बुझ्नुपर्ने । यसबाट निवेदकको वतन साबिकमा धनुषा जिल्ला, बटेश्वर गाउँपालिका वडा नं. ४ भएको देखिएको भए पनि निवेदनमा उल्लिखित मुद्दामा निजको नाममा समाह्वान म्याद जारी हुँदाको अवस्थामा निजको स्थायी वतन काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६, बौद्ध कायम रहेको मान्नुपर्ने । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11329
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरणसमेत
निर्णय वर्ष / मिति2079/02/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री  आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री  तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७८-WH-०२२१ | ०७७-CB-०४३३ | ०७७-CB-०४३४
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11329
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्