नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11341 · वि.सं. २०८१

नि.नं. 11341 — निर्णय दर्ता बदर, नामसारी हक कायमसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादित जग्गामा पुनरावेदकको निर्विवाद हक स्थापित नभई उक्त जग्गा गुठीको भन्ने प्रमाणित भएको हुँदा आफ्नो जग्गालाई जुनसुकै समयमा पनि आफ्नो नाउँमा दर्ता कायम गर्न पाउने कुरामा विमति हुन नसक्ने । गुठी संस्थानले कित्ताफोड गरी कायम भएको एउटा कित्ता जग्गा आफ्नो नाउँमा कायम गर्ने निर्णय गरेको विषयमा सबुद प्रमाणको मूल्याङ्कनपश्चात् पुनः अर्को कित्ता जग्गासमेत आफ्नै रहेको भनी दर्ता कायम हुने ठहर गरेको निर्णयलाई गुठी संस्थानले कुनै कुरा उल्लेख गरी एकपटक फाइदा लिएकोमा पुनः त्यसको विपरीत उल्लेख गरी दोहोरो फाइदा लिएको भनी अर्थ गर्न नमिल्ने । गुठी संस्थानले विवादित जग्गाको सम्बन्धमा गरेको निर्णयको विषयमा गुठी संस्थानलाई विबन्धनको सिद्धान्त (doctrine of estoppel) आकर्षित नहुने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11341
मुद्दाको विषयनिर्णय दर्ता बदर, नामसारी हक कायमसमेत
निर्णय वर्ष / मिति2080/08/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायले विवादित जग्गा वादीको कायम हुने र पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुने रायसँग सहमत हुन सकिएन । संयुक्त इजलासको लगत कट्टा गरी प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भन्नेसमेत माननीय न्यायाधीश श्री गोपाल पराजुलीको रायसहितको फैसला । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको रायसहितको फैसला । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय सदर हुनुपर्छ । कि.नं. २१२ को जग्गा टुँडिखेल सुन्धारा गुठी खला नं. ५ को लगतमा भिड्ने राजगुठीको जग्गा भएको र प्रतिवादी गंगाराम महर्जनले मोहीको हैसियतमा भोगचलन गरी आएका अवस्था छ । | माननीय न्यायाधीश श्री गोपाल पराजुलीको राय सदर हुनुपर्छ । | माननीय न्यायाधीश श्री गोपाल पराजुलीको राय देखिन्छ भने वादीको पक्षमा ७ नं. फाँटवारी, वादीबाहेक अरू दुनियाँदारको दाबीको अभाव, दाबी गर्ने गुठीको लगतको आठ आना जग्गा मिति २०३३।३।२५ मा नै नरबढी भनी जग्गाधनीमा गुठी र जोताहा न्हुच्छे कायम भएको निर्णय, कि.नं. ५४ भनी नापी गराउने धनमायाले यो जग्गालाई रैकर देखाई नापी गराएको बेहोरालगायतका प्रमाण कागजहरूबाट विवादित कि.नं. २१२ को जग्गामा वादीको निर्विवाद हकभोग र स्वामित्व स्थापित भएको देखिँदा उक्त जग्गालाई गुठी कायम गरेको गुठी शाखा कार्यालयको निर्णय प्रमाणसम्मत नदेखिँदा गुठीको नाममा दर्ता भएको विवादित कि.नं. २१२ को जग्गा दर्ता बदर भई वादीको नाममा दर्ता हुने ठहर्छ भन्ने सारमा माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय देखिन्छ । यसरी दुईजना माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकेको स्थितिमा सो रायहरू अदालतको अन्तिम निर्णय नभई पूर्ण इजलाससमक्ष पेस भएका रायसम्म मान्नुपर्ने देखियो । यसप्रकार दुईजना माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी फरकफरक राय व्यक्त भएको स्थितिमा सोमध्ये कुनै एक रायलाई ग्रहण गर्न सक्ने वा सोबाहेक स्वतन्त्र निष्कर्षमा समेत पुग्न सक्नेमा पूर्ण इजलास पूर्ण रूपले सक्षम रहेकोले प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको पाइयो । | माननीय न्यायाधीश श्री गोपाल पराजुलीको राय सदर हुने ठहर्छ । विवादित कि.नं. २१२ को जग्गालाई गुठीको नाउँमा दर्ता कायम गरेको निर्णय बदर भई वादीको नाउँमा दर्ता हुने ठहर गरेको माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको रायसँग यो इजलास सहमत हुन सकेन । प्रस्तुत फैसलाको विद्युतीय प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी, दायरीको लगत कट्टा गरी, मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
मुद्दा नं.०७२-DF-०००१
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11341
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्