सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १८३ / ४४०

नि.नं. 7145वि.सं. २०५९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ निवेदक उपर मुद्दा नचलाएको स्थितिमा निज उक्त मुद्दामा कसरी सरोकारवाला हुन गए र अदालतको मंजुरीले मुद्दा फिर्ता नभएको हुंदा अदालतबाट भए गरेको आदेश वदर गराई फिर्ता दिनु भन्ने आदेश जारी गराई माग्न निजको हकदैया (Locus Standi) कसरी स्थापित हुन पुग्यो सो कतैबाट देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7144वि.सं. २०५९संयुक्त इजलास

विष प्रयोग गरी गोरु मारेको ।

§ जाहेरवाला नरवहादुरले मृतक गोरुलाई प्रतिवादीले विष खुवाएको भनि प्रष्ट किटान गरी भन्न नसकेको, प्रतिवादी प्रेमवहादुर कार्कीले आरोपित कसूरका सम्बन्धमा अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कार रही वयान गरेको, मृतक गोरुको पोष्टमार्टम हुन नसकेको, राष्ट्रिय विधि विज्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7143वि.सं. २०५९संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ श्री ५ को सरकार स्थानीय विकास मन्त्रालयले नेपाल राजपत्रमा मिति २०५२।११।२८ मा सूचना जारी गरेको देखिन्छ । उक्त सूचना अनुसार तीनवटै जिल्ला विकास समितिहरुले आपसमा मिली आफूले उठाउन पाउने कर असूल उपर गर्ने कुरामा संयुक्त समिति गठन गरी कर संकलन गर्ने Managerial सम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7142वि.सं. २०५९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ श्री ५ को सरकारले आयकर ऐन, २०३१ (संशोधन सहित) को दफा ४२ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी शाही नेपाल वायु सेवा निगमका पाइलटहरुले पाउने लस अफ लाइसेन्स विमा र उडान भत्ता वापत पाउने रकममा आर्थिक वर्ष २०३९।०४० देखि पूर्णरुपमा आयकर नलाग्ने गरी छुट दिइएको भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7141वि.सं. २०५९संयुक्त इजलास

उत्प्रेषण ।

§ विपक्षी संचालक समितिको २०५५।३।२२ को निर्णयद्वारा उप प्रबन्धक गोपालराज विष्ट समेतका कर्मचारीहरुलाई स्वेच्छिक अवकाश पछि सुविधा दिने बिषयमा विनियमको स्पष्ट व्यवस्था अन्तर्गत सुविधा प्रदान गरेको देखिन नआएको र सो विनियमले स्पष्ट व्यवस्था नगरी रहेको कुरामा स्वेच्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7140वि.सं. २०५९संयुक्त इजलास

जग्गा खिचोला हक कायम ।

§ मिति २०४३।११।२७ मा अंश छुट्याई लिन पाउने फैसला भै अन्तिम रुपमा रहेकोमा सो फैसला वमोजिम आआफ्नो भाग मुलुकी ऐन दण्ड सजायको महलको ४६ नं. को म्याद २ वर्ष भित्र छुट्याई लिनेतर्फ कार्यवाही नचलाएकोमा वादीहरु स्वयं सावित रहेकाले फैसला वमोजिम छुट्याई लिने कार्यवाही नच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7139वि.सं. २०५९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ कुनै पनि अंशियारले अंश छुट्याई पाउन मुद्दा दायर गरेको स्थितिमा सो मुद्दाको कारणवाट स्वाभाविक रुपले विवादमा संलग्न सम्पत्तिहरुको हक हस्तान्तरण रोक्का हुने कुरा हुन्छ । फैसला कार्यान्वयनको लागि त्यस किसिमले भएका आदेश र निर्णयहरुको स्थिति दण्ड सजायको ४६ नं. को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7138वि.सं. २०५९पूर्ण इजलास

परमादेश ।

§ धितो रहेको सम्पत्तिवाट असुल हुन नसके ऋणीको अथवा आफ्नो चल अचल सम्पत्तिवाट असुल उपर गरि लिएमा मन्जुर छ भनी लिखत गरिदिने यी निवेदक बिष्णुप्रसाद उपाध्याय र बिपक्षी बैंक बीचको जेथाजमानीको शर्तवाट ऋणी शरदकुमारी उपाध्यायले लिएको बैंकको ऋण असुल उपर जमानी दिने बिष्णु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7137वि.सं. २०५९पूर्ण इजलास

उत्प्रेषण समेत ।

§ कानून बमोजिम गठन हुने कानूनी व्यक्तित्व भएको नगरपालिका जस्तो निकायले कानूनद्वारा स्पष्टरुपमा व्यवस्थित काम, कर्तव्य र अधिकार मात्र प्रयोग गर्न सक्ने अख्तियारी राख्दछ । नगरपालिकाको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विशेष ऐनको रुपमा रहेको नगरप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7136वि.सं. २०५९पूर्ण इजलास

उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि जारी गरी पाऊँ ।

§ भ्रष्टाचार मुद्दामा दावी लिएको विगो भन्दा फरक विगोको दावी लिई रकम असुल उपर मुद्दा दायर भएको तथा हिनामिना गरेको भनिएको नगदी जिन्सी समेत फरक देखिन आएको स्थितिमा निवेदक उपर चलाएको भ्रष्टाचार मुद्दा र रकम असूल उपर मुद्दा एउटै हो भन्ने निवेदकको जिकिर मनासिब नदेखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7135वि.सं. २०५९पूर्ण इजलास

उत्प्रेषण ।

§ स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५ को उपदफा (२) को व्यवस्थाबाट जिल्ला विकास समितिले तोकिएको दररेटमा नबढ्ने गरी जिल्ला परिषद्‌बाट पारित गराएर मात्र विभिन्न वस्तुहरुमा कर लगाउन पाउने देखिन्छ । जिल्ला विकास समिति ललितपुरले ढुंगा गिटी झिके बापत ठेकेदारले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7134वि.सं. २०५९पूर्ण इजलास

वकसपत्र वदर ।

§ कुनै मुद्दामा राखेको वारेस भन्नु नै सो मुद्दाका लागि स्वयं पक्ष सरह नै हो । मुद्दाको पुर्पक्षको क्रममा वारेसले गरेको काम वारेस राख्ने मुद्दाको पक्षले नै गरे सरह हुन्छ र वारेसले मुद्दा हारे जितेमा पक्षको त्यसमा मन्जुरी नै भएको मानिने । § वारेसनामाको शर्त बमोज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7133वि.सं. २०५९पूर्ण इजलास

मोही नामसारी ।

§ विवादित जग्गाको मोही हो होइन भन्ने प्रश्नमा वाली बुझाएको भरपाई समेतको भूमिका रहने हुँदा वादीले मुद्दामा पेश गरेको वाली बुझाएको भरपाई अ.वं. ७८ नं.वमोजिम प्रतिवादीलाई देखाई निजले सो सम्बन्धमा व्यक्त गरेको कुरा समेतलाई मूल्याङ्कन गरी सवुद प्रमाणको विवेचना गरी न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7132वि.सं. २०५९विशेष इजलास

उत्प्रेषण परमादेश ।

§ सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोजनको निमित्त आवश्यक तत्वहरु मध्येमा एउटा विषयवस्तु कानून हुनुपर्ने र त्यस्तो कानूनको प्रावधान मात्र न्यायिक पुनरावलोकन हुन सक्ने देखिन्छ । कानून वाहेकका अन्य विषयहरुको प्रावधान संविधानसंग वाझिएको छ वा छैन भनी धा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7131वि.सं. २०५९पूर्ण इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ कुनै कानूनको व्याख्या गर्दा फरक फरक र प्रतिकूल किसिमको व्याख्या हुन गएको स्थितिमा वा कुनै मुद्दामा निर्णय गर्दा अपनाएको सिद्धान्तहरु एकअर्काको प्रतिकूल अथवा असंगतिमा रहेको स्थितिमा रुलिङ वाझिएको भन्न पर्ने देखिन आउंदा यस अदालतले अपनाई आएको समन्यायिक अनुचित व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7130वि.सं. २०५९विशेष इजलास

उत्प्रेषण, परमादेश ।

§ विनियमले गरेको कुनै व्यवस्था ऐन र नियमसंग असंगत भयो भन्ने निवेदन जिकिर रहेको समेत देखिंदैन । शाही नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क ले निगमलाई विनियम वनाउने सक्ने अधिकार प्रदान गरेको देखिन आएवाट ऐनले निगमलाई विनियम वनाउन सक्ने अधिकार प्रदान गरेको छैन भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7129वि.सं. २०५९पूर्ण इजलास

हक कायम ।

§ निवेदनमा तथा निस्सा प्रदान गर्ने आदेशमा समेत इन्साफमा तात्विक असर पर्ने प्रमाण रहेको तथ्य मुद्दा किनारा भैसकेपछि थाहा भएको भन्ने सम्बन्धमा कुनै उल्लेख नै नभएकोले प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को खण्ड (क)को अवस्था विद्यमान रहे भएको नदेखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7128वि.सं. २०५९पूर्ण इजलास

खिचोला ।

§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(ख) मा गरिएको कानूनी व्यवस्था अनुसार कुनै कानूनको व्याख्या वा कुनै कानूनी सिद्धान्तका सम्बन्धमा दुई संयुक्त इजलासको राय वा निर्णय भिन्नभिन्न भएको अवस्थामा यस अदालतवाट हुने निर्णय वा सिद्धान्तमा एकरुपता कायम राख्नका लागि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7127वि.सं. २०५९पूर्ण इजलास

हक कायम समेत ।

§ कारणी स्वयं आफूले कवुलियत गरिदिएको कुरामा इन्कार गर्न नसकेको अवस्थामा साक्षीले मेरो सहिछाप हैन भनी जिकिर लिए तापनि साक्षीको सहिछाप विशेषज्ञबाट परीक्षण गराइरहनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था नदेखिने । § साक्षी नै नराखी गराएको लिखतका सम्बन्धमा समेत अदालतले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7126वि.सं. २०५९एक न्यायाधीशको इजलास

बन्दीप्रत्यक्षीकरण

§ शंकाको स्थिति र आधार मिसिल प्रमाणबाट पुष्टि हुने कुरा हो । रिट क्षेत्रबाट शंकाको स्थिति र आधारको मूल्यांकन हुन सक्ने अवस्था रहदैन । सैनिक अदालतको निर्णयलाई सदर गरेको रक्षा मन्त्रालयको निर्णय प्रमाणको मूल्यांकन नगरी शंकाको भरमा मात्र कसूरदार ठहर्‍याएको भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7125वि.सं. २०५९संयुक्त इजलास

उत्प्रेषण

§ पहिले तत्काल प्रचलित कानून वमोजम परेको उजुरी निवेदनको अन्तिम टुंगो नलागिकन अघि चलेको कारवाहीलाई निरर्थक र त्यसको अस्तित्व नै समाप्त हुने गरी जग्गा वांडफांड गर्ने गरी पछि परेको निवेदनमा निर्णय गर्नु पनि उपयुक्त नहुने। § २०५० सालमा नै मोहीवाट घरवारीको लागि जग्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7124वि.सं. २०५९संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ प्रतिवादीको प्रहरीमा भएको साविती वयान,लास जांच प्रतिवेदन र मिसिल संलग्न अन्य प्रमाणहरु समेतबाट यी प्रतिवादीहरुले नै धारिलो हतियारले चोट प्रहार गरी मृतकलाई मारेको हो भन्ने कुराको समर्थन र पुष्टि गरेको अवस्थामा केवल अदालतमा नीजहरुले गरेको इन्कार वयानलाई मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7123वि.सं. २०५९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ श्री ५ को सरकार वादी भै चलेको फौज्दारी मुद्दाको कारवाहीको क्रममा निलम्वनमा परेका निवेदकहरु निजामति सेवा ऐन, २०४९ को दफा ३० (१) मा उल्लेखित श्री ५ को सरकारको तर्फवाट भएको कारवाहीको फलस्वरुप निलम्वनमा परेको होइन भनि अर्थ गर्न नमिल्ने । (प्र.नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 7122वि.सं. २०५९संयुक्त इजलास

लिखत बदर, दर्ता बदर, दर्ता कायम

§ वादीको प्रस्तुत फिराद लिखत पारित भएको ०४६।६।२९ ले एक वर्ष सम्म थाहा पाएको पैतिस दिन भित्र परेको नदेखिई ०४८।६।१९ मा उल्लेखित हदम्याद नाघी सकेपछि मात्र परेको देखिंदा प्रस्तुत फिराद दावीलाई लेनदेन ब्यबहारको १० नं. अनुरुपको हदम्याद भित्रको मान्न सकिने अबस्था नरह…

नजिर सार पढ्नुहोस् →