नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7130 · वि.सं. २०५९
नि.नं. 7130 — उत्प्रेषण, परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विनियमले गरेको कुनै व्यवस्था ऐन र नियमसंग असंगत भयो भन्ने निवेदन जिकिर रहेको समेत देखिंदैन । शाही नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क ले निगमलाई विनियम वनाउने सक्ने अधिकार प्रदान गरेको देखिन आएवाट ऐनले निगमलाई विनियम वनाउन सक्ने अधिकार प्रदान गरेको छैन भन्ने निवेदन जिकिर तथा निवेदक तर्फका कानून व्यवसायीको वहस जिकिरसंग सहमत हुन नसकिने । § निगमको कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ११ को प्रतिवन्धात्मक वाक्यांशले गरेको व्यवस्थालाई निगममा कार्यरत अन्य सेवाका कर्मचारीहरुको उमेरका सम्बन्धमा सोही विनियमावलीको विनियम ६३ ले गरेको व्यवस्थासंग असमान भै वाझियो भन्न नमिल्ने । § समान वर्गका बीचमा असमान व्यवस्था भए गरिएको अवस्थामा मात्र असमान हुने हो, विभिन्न वर्गको लागि समानता कायम गरिने भनेको होइन । विनियमावलीले निवेदक विमान परिचारक जस्तो एउटै वर्गका कर्मचारीहरु वीच उमेरका सम्बन्धमा विभेद गरेको समेत पाइदैन । तसर्थ निवेदक जस्ता विमान परिचारकको उमेरका सम्बन्धमा विनियम ११ मा भएको व्यवस्था निवेदन माग वमोजिम संविधानसंग वाझिएको भन्न नमिल्ने । § निवेदक रिना वज्राचार्य विरुद्ध शाही नेपाल वायुसेवा निगम समेत भएको उत्प्रेषण समेतको मुद्दामा यस अदालतवाट विमान परिचारक र विमान परिचारिकाको उमेरका सम्बन्धमा गरिएको व्याख्याको सन्दर्भ हेर्दा उक्त रिट निवेदनमा समान वर्गका वीच अर्थात विमान परिचारक र विमान परिचारिका वीचको निगममा सेवा गर्न पाउने उमेरमा विभेद भयो अर्थात एउटै वर्गका कर्मचारीहरु वीचको निगममा सेवा गर्न पाउने उमेरमा नियमावलीले विभेद गर्यो भन्ने रहेको हुंदा सो मुद्दामा गरिएको व्याख्या यस रिट निवेदनको बिषयमा प्रासंगिक नदेखिएकोले आकर्षित नहुने । (प्र.नं. ८ देखि १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7130 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश । |
| निर्णय वर्ष / मिति | 2059/09/02 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7130 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
