नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7128 · वि.सं. २०५९

नि.नं. 7128 — खिचोला ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(ख) मा गरिएको कानूनी व्यवस्था अनुसार कुनै कानूनको व्याख्या वा कुनै कानूनी सिद्धान्तका सम्बन्धमा दुई संयुक्त इजलासको राय वा निर्णय भिन्नभिन्न भएको अवस्थामा यस अदालतवाट हुने निर्णय वा सिद्धान्तमा एकरुपता कायम राख्नका लागि त्यस्तो मुद्दा प्रधानन्यायाधीशले पूर्ण इजलासवाट हेर्न आदेश दिने व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत मुद्दा यस अदालत संयुक्त इजलासवाट निर्णय नभई पूर्ण इजलासवाट निर्णय भएको देखिन आएवाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(ख) प्रस्तुत मुद्दाको सन्दर्भमा आकर्षित हुन नसक्ने । § प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।६।४ को फैसला उपर वादीले पुनरावेदनको अनुमति पाउँ भनि यस अदालतमा दिएको निवेदनमा अनुमति प्राप्त भई पूर्ण इजलासवाट मिति २०४५।९।१९ मा फैसला भएको देखिन्छ भने रुलिङ्ग वाझियो भनि सम्माननीय प्रधानन्यायाधीशको आदेशमा उल्लेख गरिएको काशीराम चौधरी विरुद्ध कोकनीवती थरुनी भएको फैसला दर्ता वदर दर्ता मुद्दा यस अदालत पूर्ण इजलासवाट मिति २०४८।३।११ मा फैसला भइरहेको देखिन्छ । यस परिप्रेक्षमा प्रस्तुत मुद्दामा पहिले भएको निर्णय वा फैसलालाई पछि भएको निर्णय वा फैसलाद्वारा प्रतिपादित सिद्धान्तसँग रुलिङ्ग वाझियो भन्न मिल्ने अवस्था समेत नदेखिने । § प्रस्तुत मुद्दा सम्माननीय प्रधानन्यायाधीशवाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम वृहत पूर्ण इजलासमा पेश गर्नु भनि मिति २०५४।१२।५ मा भएको आदेश कानूनन् तथा प्रतिपादित नजिरका सम्बन्धमा समेत मिलेको नदेखिदा प्रतिवादीले प्रस्तुत मुद्दा पूर्ण इजलासबाट हेरी पाउँ भनि यस अदालतमा दिएको निवेदन खारेज हुने । (प्र.नं. १८ देखि २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7128
मुद्दाको विषयखिचोला ।
निर्णय वर्ष / मिति2059/06/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री वव्वरप्रसाद सिंहको राय र हकै नपुग्ने वादीको यो उजूरीवाट अ.वं. २ नं. प्रतिकूल हुँदा इन्साफ दिन नमिल्ने भई अ.वं. १८० नं. वमोजिम खारेज गर्नुपर्नेमा इन्साफ गरेको वागमती अंचल अदालतको फैसला गल्ती ठहर्ने र घर खिचोलातर्फ घर वनेको जग्गामा माथि लेखिए अनुसार वादीको हकदैया कायम हुन नसकेको हुँदा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री वव्वरप्रसाद सिंहको राय मनासिव ठहर्छ । वादी दावी नपुग्ने ठहराएको वागमती अंचल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासको मिति २०४५।११।१९।५ को फैसला ।
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7128
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्