नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7142 · वि.सं. २०५९
नि.नं. 7142 — उत्प्रेषणयुक्त परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ श्री ५ को सरकारले आयकर ऐन, २०३१ (संशोधन सहित) को दफा ४२ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी शाही नेपाल वायु सेवा निगमका पाइलटहरुले पाउने लस अफ लाइसेन्स विमा र उडान भत्ता वापत पाउने रकममा आर्थिक वर्ष २०३९।०४० देखि पूर्णरुपमा आयकर नलाग्ने गरी छुट दिइएको भनी उल्लेख भएको देखिन्छ । यसरी उक्त सूचनामा शाही नेपाल वायुसेवा निगमका पाइलटहरुले पाउने उडान भत्ता वापतको रकममा कर नलाग्ने भन्ने देखिन्छ । उक्त सूचनाका आधारमा शाही नेपाल वायुसेवा निगम वाहेकको नेकोन एयरमा कार्यरत पाइलटहरुले पनि उडान भत्ता वापतको रकममा कर छुट पाउनु पर्छ भन्न नमिल्ने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7142 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश । |
| निर्णय वर्ष / मिति | 2059/01/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7142 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
