नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7134 · वि.सं. २०५९

नि.नं. 7134 — वकसपत्र वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै मुद्दामा राखेको वारेस भन्नु नै सो मुद्दाका लागि स्वयं पक्ष सरह नै हो । मुद्दाको पुर्पक्षको क्रममा वारेसले गरेको काम वारेस राख्ने मुद्दाको पक्षले नै गरे सरह हुन्छ र वारेसले मुद्दा हारे जितेमा पक्षको त्यसमा मन्जुरी नै भएको मानिने । § वारेसनामाको शर्त बमोजिम तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्ने दायित्व वारेसले पूरा नगरी तारेख गुजारेमा त्यसबाट उत्पन्न हुने परिणाम वारेसनामा दिई पठाउने पक्षले नै व्यहोर्नु पर्ने हुन्छ । तसर्थ ‘म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति’ मा केवल मुद्दाका पक्ष मात्र नभई पक्षले कानून बमोजिम मुकरर गरेको वारेस समेत पर्ने । § अ.बं.६२ नं.को देहाय १ ले प्रदान गरेको सुविधा केवल मुद्दाको पक्षले मात्र उपभोग गर्न पाउने हो र निजले मुकरर गरेको वारेसले सो सुविधा उपभोग गर्न पाउँदैन भनी अर्थ गर्नु कानूनसंगत नहुने । § कुनै मुद्दाको म्याद तारेखमा हाजिर हुने व्यक्ति सो मुद्दाको पक्ष नभई वारेस नै भएमा पनि निजले समेत उल्लेखित ६२ नं.को देहाय १ को सुविधा उपभोग गर्न सक्ने । § अ.बं.१७९ नं.ले अ.बं.५९ र ६२ नं. बमोजिम गुज्रेको तारीख थमाई पाउने म्याद पछि मात्र मुद्दा डिसमिस हुन सक्ने प्रष्ट कानूनी व्यवस्था गरिरहेको अवस्थामा वादीको वारेसले मिति २०५१।२।१५ गतेको तारेख लिई सो तारेखमा अड्डामा हाजिर नभई तारेख गुजारेको कारणबाट कानून बमोजिम निजको तारेख थाम्न पाउने अवधि बाँकी छंदाछदै मिति २०५१।२।२० गते नै शुरु जिल्ला अदालतले मुद्दा डिसमिस गर्ने गरेको र सो शुरु फैसलालाई नै सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला समेत अ.बं. १७९ नं. र अ.बं.६२ को देहाय १ समेतको त्रुटी गरी बेरीतसँग भएको देखिँदा उल्लेखित दुवै फैसलाहरु वदर हुने । (प्र.नं. १६ र १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7134
मुद्दाको विषयवकसपत्र वदर ।
निर्णय वर्ष / मिति2059/10/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको  राय । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुने  ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7134
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्