नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7122 · वि.सं. २०५९

नि.नं. 7122 — लिखत बदर, दर्ता बदर, दर्ता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीको प्रस्तुत फिराद लिखत पारित भएको ०४६।६।२९ ले एक वर्ष सम्म थाहा पाएको पैतिस दिन भित्र परेको नदेखिई ०४८।६।१९ मा उल्लेखित हदम्याद नाघी सकेपछि मात्र परेको देखिंदा प्रस्तुत फिराद दावीलाई लेनदेन ब्यबहारको १० नं. अनुरुपको हदम्याद भित्रको मान्न सकिने अबस्था नरहेन । § लेनदेन ब्यवहारको ४० नं. मा यति कुरामा हदम्याद लाग्दैन भनि सो हदम्याद नलाग्ने जति कुरा प्रष्ट उल्लेख भएको र लेनदेन ब्यबहारका महलमा हदम्याद लेखिएको वा लाग्दैन भनेका कुरामा वाहेक अन्यमा भए गरेका दुई बर्ष भित्र नालेश दिनु पर्ने गरि हदम्याद सम्वन्धी कानूनी ब्यबस्था रहेको पाईन्छ । तर प्रस्तुत विवादमा लेनदेन ब्यवहारको माथि विवेचित १० नं. आकर्षित हुने भै सोही नं. मा हदम्याद समेत प्रष्ट उल्लेखन भै रहेको सन्दर्भमा लेनदेन ब्यबहारको ४० नं. को अबस्था प्रासँगिक समेत हुन नआउने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7122
मुद्दाको विषयलिखत बदर, दर्ता बदर, दर्ता कायम
निर्णय वर्ष / मिति2058/10/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7122
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्