नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7140 · वि.सं. २०५९

नि.नं. 7140 — जग्गा खिचोला हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति २०४३।११।२७ मा अंश छुट्याई लिन पाउने फैसला भै अन्तिम रुपमा रहेकोमा सो फैसला वमोजिम आआफ्नो भाग मुलुकी ऐन दण्ड सजायको महलको ४६ नं. को म्याद २ वर्ष भित्र छुट्याई लिनेतर्फ कार्यवाही नचलाएकोमा वादीहरु स्वयं सावित रहेकाले फैसला वमोजिम छुट्याई लिने कार्यवाही नचलाएपछि विवादको जग्गामा प्रतिवादीहरुको हक कायम भैरहेको मान्नुपर्ने । § कानूनको म्याद भित्र फैसला वमोजिम भाग छुट्याई नलिई चुप लागी वस्ने वादीहरुले अन्तिम फैसला भएको मितिले करिव ७ वर्ष पछि आएर २०५०।१२।९ मा खिचोलामा नालिस दिएको प्रस्तुत मुद्दाको फिराद मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद नाघी दायर भएको प्रष्ट देखिने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7140
मुद्दाको विषयजग्गा खिचोला हक कायम ।
निर्णय वर्ष / मिति2058/09/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7140
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्