नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7127 · वि.सं. २०५९

नि.नं. 7127 — हक कायम समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कारणी स्वयं आफूले कवुलियत गरिदिएको कुरामा इन्कार गर्न नसकेको अवस्थामा साक्षीले मेरो सहिछाप हैन भनी जिकिर लिए तापनि साक्षीको सहिछाप विशेषज्ञबाट परीक्षण गराइरहनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था नदेखिने । § साक्षी नै नराखी गराएको लिखतका सम्बन्धमा समेत अदालतले वीस रुपैयाँ सम्म जरिवाना गरी त्यस्तो लिखतलाई प्रमाणमा लिन सक्ने प्रावधान मुलुकी ऐन कागज जाँचको महलको १४ नं. मा भइरहेको अवस्थामा साक्षीको सहिछाप जाँच गर्ने विशेषज्ञलाई अदालतबाट परीक्षण नगराई त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन नमिल्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । § वादीहरुले फिराद गर्दा प्रमाण स्वरुप पेश गरेको कवुलियतलाई देख्न सुन्न पाएमा नामाकरण गर्नेछु भनी प्रतिउत्तर जिकिर लिएको पाइएतापनि मुद्दा पर्नु भन्दा अगाडि नै प्रतिवादीलाई सो कवुलियत वारे जानकारी भइसकेकाले मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम सो कवुलियत सुनाई वयान गराइरहनु पर्ने अवस्था समेत नदेखिने । § भक्तपुर नगरपञ्चायतबाट भएको कारवाहीमा पेश भएको कवुलियतका सम्बन्धमा थाहा जानकारी पाइसकेपछि प्रतिवादीले आफ्नो बयानमा दावी गरे झै झुक्याई सहिछाप गराएको भए निजले ऐनका म्याद भित्र सो कवुलियतका सम्बन्धमा कानून बमोजिम उजुर गरी वदर गराउन सक्नुपर्नेमा सो समेत गरेको नपाइदा प्रतिवादीले गरिदिएको वहाल सम्बन्धी कवुलियतलाई अन्यथा भन्न नसकिने । § १९९६ सालको लगतमा विवादको घरका हकमा घर धनी वा घरमा वस्नेको नाम जात भन्ने महलमा सँग्राम गोसाहीहरुको गुठिपक भन्ने जनिएकोमा तथ्यांक संकलनका प्रयोजनका लागि खडा गरेको देखिने सो लगतमा घरधनी वा घरमा वस्ने जोसुकैको नाम उल्लेख हुन सक्ने र सो लगतमा नाम भएकै आधारमा विवादको घर यी प्रतिवादीका बाबुको नाममा रहेको एकलौटी हक भोगको घर हो भनी भन्न नसकिने । (प्र.नं. २३ देखि २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7127
मुद्दाको विषयहक कायम समेत ।
निर्णय वर्ष / मिति2059/09/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7127
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्