नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7144 · वि.सं. २०५९

नि.नं. 7144 — विष प्रयोग गरी गोरु मारेको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जाहेरवाला नरवहादुरले मृतक गोरुलाई प्रतिवादीले विष खुवाएको भनि प्रष्ट किटान गरी भन्न नसकेको, प्रतिवादी प्रेमवहादुर कार्कीले आरोपित कसूरका सम्बन्धमा अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कार रही वयान गरेको, मृतक गोरुको पोष्टमार्टम हुन नसकेको, राष्ट्रिय विधि विज्ञान प्रयोगशालावाट परीक्षण गरी विष खाएर गोरुको मृत्यु भएको भन्ने पुष्टि हुन नसकेको, प्रतिवादीले गोरुलाई विष खान दिएको देखेको भनिएकी चश्मदित लक्ष्मी मायाले प्रतिवादीले विष खुवाएको भनि किटानसाथ लेखाइ दिन नसकेको, विष खाइ गोरु मरेको भन्ने राय व्यक्त गर्ने व्यक्ति विशेषज्ञ नभै पशु सेवा केन्द्रको ना.प्रा.स. (रा.प.अनं द्वि.प्रा.) कर्मचारी सम्म भएको र वादी पक्षवाट अन्य कुनै सवुद प्रमाण गुजार्न नसकिरहेको स्थितिमा केवल ना.प्रा.स.ले विषको कारण दुवै गोरु मरेका हुन् भनि उल्लेख गरेको शव परीक्षण रिपोर्टलाई आधार मात्र लिई प्रतिवादीलाई कसूरदार ठहर गरी सजाय गर्न फौज्दारी न्यायका मान्य सिद्धान्त अनुरुप नमिल्ने भै शंकाको सुविधा अभियुक्तले पाउने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7144
मुद्दाको विषयविष प्रयोग गरी गोरु मारेको ।
निर्णय वर्ष / मिति2059/08/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7144
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्