नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7138 · वि.सं. २०५९
नि.नं. 7138 — परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ धितो रहेको सम्पत्तिवाट असुल हुन नसके ऋणीको अथवा आफ्नो चल अचल सम्पत्तिवाट असुल उपर गरि लिएमा मन्जुर छ भनी लिखत गरिदिने यी निवेदक बिष्णुप्रसाद उपाध्याय र बिपक्षी बैंक बीचको जेथाजमानीको शर्तवाट ऋणी शरदकुमारी उपाध्यायले लिएको बैंकको ऋण असुल उपर जमानी दिने बिष्णुप्रसाद उपाध्यायको सम्पत्तिबाट समेत गर्न सक्ने नै मान्नुपर्ने । § शरद ट्रेडर्स एण्ड सप्लायर्स प्राइभेट फर्म श्रीमतीको नाउँमा दर्ता गरी सम्पूर्ण कारोवार भने निवेदक आफैले गरी आएको अवस्थामा फर्मले लिएको बैंकको ऋण निवेदकको सम्पत्तिवाट तिर्नु नपर्ने भन्न निवेदक आफैले बैंकलाई गरिदिएको लिखत र मिसिलबाट स्थापित निवेदकको आचरणबाट समेत नमिल्ने । § शरदकुमारी उपाध्याय निवेदकको पत्नी देखिएको, शरद ट्रेडर्स एण्ड सप्लायर्स फर्म शरदकुमारीको नाममा दर्ता रही निज प्रोप्राइटर देखिए पनि सो फर्मको सम्पूर्ण कार्य यी निवेदक आफैले गरेको र उक्त फर्मले लिएको ऋण असुल नभए आफ्नो अन्य सम्पत्तिवाट असुल गरी लिएमा मंजुर छ भनि कागज गरी दिएको अवस्था देखिंदा बिष्णुप्रसाद उपाध्यायको अरु सम्पत्तिवाट समेत असुल उपर गर्न सक्ने नै देखिएकोले बैंकको कानून वमोजिम भए गरेको काम कारवाहीले निवेदकको कुनै निवेदन जिकिर वमोजिमको सम्पत्ति सम्वन्धी मौलिक हकमा गैर संवैधानिक एवं गैरकानूनी किसिमले आघात पारेको नदेखिने । (प्र.नं. ७ र ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7138 |
|---|---|
| मुद्दाको विषय | परमादेश । |
| निर्णय वर्ष / मिति | 2059/08/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री सुशीला सिंह शिलु | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय र निवेदकले बैंकबाट कर्जा लिई कारोवार गर्ने लगायतका सम्पूर्ण कामहरु शरद ट्रेडर्स एण्ड सप्लायर्सको तर्फवाट गरेको भन्ने बिपक्षी बैंकको लिखित जवाफबाट देखिन आउछ । निवेदकले शरद ट्रेडर्सको तर्फवाट कर्जा लिई कारोवार गरेको र शरद ट्रेडर्सको प्रो.शरदकुमारी उपाध्याय र निवेदक पति पत्नी भएको आधारमा शरद ट्रेडर्सले कर्जा लिंदा राखेको धितो लिलामबाट बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएपछि निवेदकको नामको जग्गा बिपक्षी बैंकले रोक्का राखेको भन्ने देखिन आयो । ऋणीले कर्जा लिंदा राखेको धितोबाट लिलाम विक्री गरी बैंकको सांवा व्याजको पुरा रकम असुल उपर हुन नसकेमा कर्जा लिने व्यक्ति संस्था वा उद्योगको अरु जायजेथाबाट बैंकले लिलाम विक्री गरी असुल उपर गर्न सक्नेछ भन्ने वाणिज्य बैंक ऐन | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरीको राय भै सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7138 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
