नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7125 · वि.सं. २०५९
नि.नं. 7125 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पहिले तत्काल प्रचलित कानून वमोजम परेको उजुरी निवेदनको अन्तिम टुंगो नलागिकन अघि चलेको कारवाहीलाई निरर्थक र त्यसको अस्तित्व नै समाप्त हुने गरी जग्गा वांडफांड गर्ने गरी पछि परेको निवेदनमा निर्णय गर्नु पनि उपयुक्त नहुने। § २०५० सालमा नै मोहीवाट घरवारीको लागि जग्गा झिकी पाउं भनी भूमि सम्वन्धी ऐन, २०२१ को दफा २७ वमोजिम दिएको निवेदनमा कारवाही भै अन्तिम टुंगो नलागेको अवस्थामा सो ऐनमा मिति २०५३।९।२४ मा भएको चौथो संसोधनवाट सो दफा २७ खारेज भए पनि जग्गा धनीले कारवाही चलाउंदा वहाल रहेको ऐन कृयाशिल हुने भै त्यस वमोजिम चलेको कारवाहीको किनारा लाग्नु पर्ने र सो कारवाहीलाई प्रभाव पर्ने गरी पछि चलेको कारवाहीमा निर्णय गर्न मिल्ने अवस्था नहुंदा उक्त दफा २७ खारेज भै सकेको कारणले सो वमोजिम चलेको कारवाहीको टुंगो नलाग्दै वांडफांड गर्न मिल्छ भन्ने वहस जिकिरसंग सहमत हुन नसकिने। § रिट निवेदकले घरवारीको लागि जग्गा झिकी पाउं भनी दिएको मुद्दा चलिरहेको अवस्थामा भूमि सुधार कार्यालय काभ्रेपलान्चोकले अघि चलिरहेको उक्त मुद्दाको कुनै वास्ता नै नगरी तोकिएको तारेख भन्दा अघि नै गरेको निर्णयवाट Gross Justice हुने। (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7125 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2059/03/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7125 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
