नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7133 · वि.सं. २०५९

नि.नं. 7133 — मोही नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित जग्गाको मोही हो होइन भन्ने प्रश्नमा वाली बुझाएको भरपाई समेतको भूमिका रहने हुँदा वादीले मुद्दामा पेश गरेको वाली बुझाएको भरपाई अ.वं. ७८ नं.वमोजिम प्रतिवादीलाई देखाई निजले सो सम्बन्धमा व्यक्त गरेको कुरा समेतलाई मूल्याङ्कन गरी सवुद प्रमाणको विवेचना गरी निर्णयमा पुग्नु पर्ने । § पुनरावेदन अदालतले निर्णय गर्दा वादीले प्रतिवादीलाई वाली बुझाएको भनी प्रमाणको रुपमा पेश गरेको भरपाई अ.वं. ७८ नं. वमोजिम प्रतिवादीलाई देखाई सुनाई निर्णय गर्नुपर्नेमा सो प्रमाणको मूल्याङ्कन नै नगरी मोहियानी हक सर्न नसक्ने भनी निर्णय गरेको पुनरावेदन अदालतको इन्साफ मिलेको नदेखिने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7133
मुद्दाको विषयमोही नामसारी ।
निर्णय वर्ष / मिति2059/09/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय । | माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझीको राय नमिलेकोले वादीले पेश गरेको भरपाई समेतका प्रमाणको मूल्याङ्कन गरी पून निर्णय गर्न भनी पुनरावेदनमा पठाउने गरेको माननीय न्यायाधीश चन्द्रप्रसाद पुराजुलीको राय मनासीव हुंदा सो सदर हुनुपर्दछ भन्ने र प्रत्यर्थी प्रतिवादीवाट उपस्थित विद्वान अधिवक्ता महादेव यादवले २०२३।९।२८ मा वादीका पितालाई मोही कायम गरी मिलापत्र भएको भए पनि सो वमोजिम श्रेस्तामा मोही कायम गराउने तर्फ वादीका पिताले कुनै कारवाही नगराएको र पिताको मृत्यु पश्चात २०५३ सालमा मात्र मोही नामसारी गर्न उजुरी परेकोले वादीको वावु नै रीतपूर्वकको मोही नभएको स्थितिमा छोरामा मोही हक सार्ने सवालै नरहंदा मोही नामसारी नहुने ठह
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7133
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्