§ कानून वमोजिम अधिकार प्राप्त निकाय देखि वाहेकको अन्य निकायले गराएको कानून विपरीतको कुनैपनि व्यहोराको कागजले कानूनी मान्यता प्राप्त गर्न सक्ने हुदैन । निवेदन जिकिर वमोजिम जवरजस्ती कागज गराएको अवस्थामा निवेदकले अ.वं. ३८ नं. वमोजिम करकापमा उजुर गर्न सक्ने स्थिति…
§ कानूनले निर्धारण गरेको पारिश्रमिक सम्वन्धी व्यवस्थाको विषयमा महानगरपालिकाको मिति २०६०।७।१ को वैठकले छुट्टै व्यवस्था हुने गरी निर्णय गरेको भनी निवेदकले दावी लिएतापनि उक्त वैठकको निर्णयको प्रतिलिपि वा निर्णय भएको भन्ने सन्दर्भमा कुनै आधार प्रमाण पेश गरेको देखि…
§ नगरपालिकाले ठेक्काको रकम दिलाई पाउँ भनी मुद्दा दायर गरेकोमा उक्त मुद्दा डिसमिस भैसकेपछि सो ठेक्काको हिसाव वाँकी रहेको भनी मान्न नमिल्ने । § एकातर्फ विपक्षीहरुले लिखित जवाफवाट निवेदकले किस्ता वुझाइसकेको भनी लिएको जिकिरलाई इन्कार गर्न नसकेको र अर्कातर्फ आफैले…
§ वादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी हुने नहुने तर्फ कानून वमोजिम निर्णय गर्न गुठीमा पठाउने यस अदालतको मिति २०५१।६।३ को फैसला कायम रहेको अवस्थामा गुठीले मोही नामसारी तर्फ निर्णय गरेको कुराका सम्वन्धमा प्रस्तुत मुद्दामा विचार गर्नुप…
§ वियरको वोतल जम्मा गर्ने हेतु प्रतिवादी एवं मृतक रहेको वारदात स्थलमा पुगेका र खानपान गरेको देख्ने विष्णु शरण जंगमले प्रतिवादी कमलप्रसाद वस्याललाई सनाखत गरेको, यस स्थितिमा वियर र रक्सी खाएको आसपासमा रहेको मृतकको लास प्रतिवादी कमलप्रसाद वस्यालको प्रहरीमा भएको स…
§ फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर विवाद रहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा रहने कानूनी व्यवस्था वमोजिम प्रतिवादीहरुले वारदातका क्रममा को को भै के कसरी के कुन तरिकावाट वारदात घटाएको हो त्यो कुराको पुष्टी मिसिल कागज प्रमाणवाट देखिनु फौजदारी न्यायको…
§ धितो राखी जुन कार्यको लागि कर्जा लिएको हो, सो कार्य गर्न सकिन भनी जिकिर लिदैमा ऋण लिएको सांवा व्याज तिर्नु नपर्ने व्यवस्था कुनै कानूनले गरेको नदेखिदा ऋण मिन्हा पाउँ भनी दिएको निवेदनमा कुनै कार्यवाही भएको छैन भनी सांवा व्याज नतिरी बस्नु न्यायसंगत नदेखिने । §…
§ मिति २०५३।५।३१ मा भक्तपुर नगरपालिकाबाट हक बेहकमा अदालतमा जाने भनी सुनाउने निर्णयबाट वादीलाई नालेस गर्नुपर्ने कारण परेको र सोही मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने भै सो मितिले ३५ दिन २०५३।७।४ मा पुग्नेमा २०५३।७।१० सम्म विजयादशमी बिदा र ११ गते आइतवार परेक…
§ प्रहरीमा भएको साविति जवरजस्ती भएको भने पनि सो कुरालाई सावित गर्न यथेष्ट प्रमाण पेश गर्न सकेको नपाइदा जवरजस्ती सहीछाप गराइएको भनी मौखिक जिकिरलाई प्रमाणको रुपमा ग्राह्य मान्नु कानूनसम्मत नहुने । § प्रतिवादीले जाहेरवालीलाई भारतको बम्बैमा लगि बिक्री गरेको होइन…
§ आर्थिक प्रशासन सम्वन्धी नियमावलीमा विदेशी सरकारको ऋण वा अनुदान संझौता अनुसारको सहयोगमा संचालित योजना संचालन गर्दा सोही संझौतामा उल्लेख भए अनुरुपको शर्त वमोजिम हुनेछ भन्ने उल्लेख भएको भएता पनि त्यस्तो संझौताको आधारमा निर्माण व्यवासय ऐन, नियम एवं अन्य प्रचलित…
§ बादीहरुको जुन जग्गाहरुमा आवतजावत गर्नको लागि विवादित जग्गाहरु सन्धीसर्पन पर्ने भन्ने बादीको दावी छ उक्त न.नं. १५ को दशगजा क्षेत्रबाट ती जग्गाहरुमा आवतजावत गर्न मिल्ने नक्सा मुचुल्काबाट देखिन आयो । उक्त नक्सा मुचुल्काबाट विवादित जग्गाहरुबाट बाहेक बादीहरुको जग…
§ श्री ५ को सरकारले प्रचलित नेपाल कानूनद्वारा प्रदत्त अख्तियारी बमोजिम कृषि सामाग्री संस्थान विघटन गरेको र विघटित संस्थानको जायज्यथा एवं दायित्व नवगठित कम्पनीमा सुम्पिने गरी भएको निर्णय एवं कारवाहीमा कुनै कानूनी त्रुटी रहे भएको देखिन नआउने । § नव संस्थापित कम…
§ मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा, घाँटी भाँचिएको र श्वास प्रश्वास क्रिया वन्द भै मृत्यु भएको भन्ने देखिन्छ । जातक मृतक अवस्थामा जन्मिएको भए घाँटी भाचिनु पर्ने कारण देखिदैन । मानवहादुरसंगको अवैध सम्वन्धमा जन्मिएको भै लोकलाजवाट वच्न घाँटी थिची मारेको हुँ भन्…
§ वावुको नाउँको मोहियानी हकको जग्गामा मोहीको मृत्यु पछि मोहीका स्वास्नी, छोराहरु मध्ये जग्गाधनीले रोजेको व्यक्ति मोही हुने भन्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ ले निर्णय गर्ने अधिकार भूमिसुधार कार्यालय काठमाडौंलाई भएको अवस्थामा शान्ती सुरक्षा कायम गरीपाउँ भन…
§ वीर अस्पताल, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अध्यादेश, २०६०’ अनुसार प्रतिष्ठानमा परिणत भएको भन्ने तथ्य उक्त अध्यादेशको दफा १२(१) मा ‘वीर अस्पताल विकास समिति (गठन) आदेश, २०३७ वमोजिम सञ्चालन भै रहेको वीर अस्पताल यो अध्यादेश प्रारम्भ भएपछि प्रतिष्ठानको अ…
§ जेनेभा महासन्धि युद्धको अवस्थामा लागू हुने मानवीय कानून (Humanitarian Law) सँग सम्बन्धित देखिन्छ, तर यी निवेदकहरुले आफ्नो निवेदनमा मुख्य रुपले युद्धमा भाग नलिने वा नलिएका व्यक्तिहरुको मानव अधिकार (Human Rights) संरक्षणको प्रश्नलाई उठाएको पाइयो । मानव अधिकार…
§ जव कुनै कार्यमा अनुचित (Unreasonable), वदनियत (Malafide) र स्वच्छता (Fair Play)को अभाव भन्ने प्रश्न अदालत समक्ष खडा रहन्छ त्यस वखत Nihil nequam est prsumendum अर्थात भनाईको आधारले मात्र वदनियतको अवधारणामा विश्वस्त रहन मिल्दैन भन्ने सिद्धान्त प्रवलरुपमा अदालत…
§ श्री ५ को सरकारद्वारा नीतिगत निर्णय गरी लागू गर्ने कुराहरु कानूनद्वारा निर्धारित शर्त बन्देजको प्रतिकूल हुने गरी लागु हुन सक्ने अवस्था नहुने । § रिट निवेदक जस्तो कानूनद्वारा ४ वर्षको सेवा अवधि निश्चित भई कानूनी प्रत्याभूति प्राप्त पदाधिकारबाट कानूनसम्मत कारण…
§ प्रतिवादीहरु उपर तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को कसूर गरेको भनि अभियोग लगाइएको देखिन्छ । उक्त कानूनी व्यवस्था अनुसारको कसूर स्थापित हुन सरकारी सेवामा रहेको कुनै राष्ट्रसेवकले आफु वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतल…
§ निजामती सेवामा उपयुक्त कर्मचारीहरुको छनौट गर्ने आफुमा निहीत अधिकार आयोगले श्री ५ को सरकारका कुनै कर्मचारीलाई सुम्पिएको आधारमा त्यस्तो कर्मचारीहरुबाट सो सम्बन्धमा भए गरेका काम कारवाहीहरु आयोग स्वयंबाट भए गरेको मानिने । § आयोगद्वारा सुम्पिएको अधिकार प्रयोग गर…
§ साविकको उल्लेखित कि.नं. १६५ को जग्गालाई चक्र कुमारीले २०१४ सालमा नरवहादुर खत्रीवाट फार्छेपत्र पारित गरी लिएको देखिन्छ । उक्त लिखत गराई लिएको जग्गा दाइजोवाट प्राप्त निजी आर्जन भनी प्रतिवादीहरुले जिकिर लिएकोमा उक्त २०१४ सालको पारित फार्छे पत्र हेर्दा सो कि.नं…
§ मातृत्व संरक्षण एवं शिशु स्वास्थ्यको विषय मानव समाजकै पूर्ण सरोकार र सम्बन्धको विषय भै निवेदकहरुको स्वतः प्रस्तुत विषयसंग सार्थक सरोकार रहेको अवस्था हुंदा र विपक्षीहरुका तर्फबाट यस सम्बन्धमा विशेष रुपमा प्रश्न उठाइएको नपाइँदा पनि निवेदकको हकदैया सम्बन्धमा अ…
§ विवादित जग्गा गुठीको भएको, पुतलीनानी श्रेष्ठको नाउंमा नै छुट दर्तामा दर्ता भएको, ०३३।६।५ पूर्व गुठीको जग्गामा मोही रहने व्यवस्था नभएको र २०२९।६।५ मा लाल मोहर लागेको तर लागू नै नभएको गुठी सम्बन्धी ऐनले मात्र दर्तावालाको हक समाप्त गरेको अवस्था देखिन आउनुका सा…