नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7281 · वि.सं. २०६०

नि.नं. 7281 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आर्थिक प्रशासन सम्वन्धी नियमावलीमा विदेशी सरकारको ऋण वा अनुदान संझौता अनुसारको सहयोगमा संचालित योजना संचालन गर्दा सोही संझौतामा उल्लेख भए अनुरुपको शर्त वमोजिम हुनेछ भन्ने उल्लेख भएको भएता पनि त्यस्तो संझौताको आधारमा निर्माण व्यवासय ऐन, नियम एवं अन्य प्रचलित कानूनको समेत प्रतिकूल हुने गरी वोलपत्रको शर्त निर्धारण गर्न मनासिव नहुने । § वोलपत्रवाट प्रतिस्पर्धाका लागि आव्हान गरिएका धनकुटा जिल्लामा दर्ता एवं कार्यालय भएका भनिएका निर्माण व्यवसायीलाई अन्य जिल्लामा दर्ता एवं कार्यालय भएका निर्माण व्यवसायी भन्दा पृथक व्यवहार गर्नुपर्ने कुनै मनासिव आधार र कारण देखिन नआउने । § कुनै अमुक जिल्लामा दर्ता भएका र कार्यालय रहेकै कारण समान प्रकृतिका संस्थाहरु वीच राज्यका तर्फवाट आव्हान गरिएको सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा गर्नवाटै वन्चित गराउनु न्यायोचित नहुने । § विपक्षी हिले भोजपुर फिडर रोड आयोजनाले वोलपत्रमा धनकुटा जिल्लामा दर्ता र कार्यालय रहेका निर्माण व्यवासायीहरुले मात्र प्रतिस्पर्धामा भाग लिन पाउने गरी राखेको शर्त उपरोक्त मान्यता र समानताको हक सम्वन्धी संविधानको व्यवस्थाको प्रतिकूल देखिंदा उक्त २०५९।१२।१२ को वोलपत्रको शर्त र तत्सम्वन्धी निर्णय समेत उत्प्रेषणको आदेशद्वारा वदर भै निवेदक समेतलाई प्रचलित कानूनको रीत पुर्याई प्रतिस्पर्धामा भाग लिनवाट वन्चित नहुने गरी वोलपत्र आव्हान गर्ने समेतको काम कारवाही गर्नु गराउनु भनी विपक्षीहरुका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7281
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2060/10/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री अनुपराज शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7281
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्