नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7282 · वि.सं. २०६०

नि.नं. 7282 — जिउ मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रहरीमा भएको साविति जवरजस्ती भएको भने पनि सो कुरालाई सावित गर्न यथेष्ट प्रमाण पेश गर्न सकेको नपाइदा जवरजस्ती सहीछाप गराइएको भनी मौखिक जिकिरलाई प्रमाणको रुपमा ग्राह्य मान्नु कानूनसम्मत नहुने । § प्रतिवादीले जाहेरवालीलाई भारतको बम्बैमा लगि बिक्री गरेको होइन भन्ने पुनरावेदन जिकिर तर्फ विचार गर्दा, जाहेरवालीको किटानी जाहेरी तथा अदालतबाट जाहेरवालीको प्रमाणित बयान र पीडितको बयानलाई प्रहरीमा कागज गर्ने वालकुमारी चापागाई समेतको अदालतमा भएको बकपत्रबाट पुष्टी भएको र सो पीडितको अदालत समक्ष भएको प्रमाणित बयानलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) बमोजिम उक्त कुरालाई झुठ्ठा हो भनी प्रतिवादीहरुले सवुद प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिदा केवल पुनरावेदन जिकिर दिदैमा प्रतिवादीहरु निर्दोष छन् भनी अनुमान गर्ने अबस्था नरहने । (प्र.नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7282
मुद्दाको विषयजिउ मास्ने बेच्ने
निर्णय वर्ष / मिति2060/06/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7282
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्