नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7267 · वि.सं. २०६०
नि.नं. 7267 — बहाल भराई घर खाली गराई पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित जग्गा गुठीको भएको, पुतलीनानी श्रेष्ठको नाउंमा नै छुट दर्तामा दर्ता भएको, ०३३।६।५ पूर्व गुठीको जग्गामा मोही रहने व्यवस्था नभएको र २०२९।६।५ मा लाल मोहर लागेको तर लागू नै नभएको गुठी सम्बन्धी ऐनले मात्र दर्तावालाको हक समाप्त गरेको अवस्था देखिन आउनुका साथै छुट दर्तावाली पुतलीनानीको अदालतको बयान समेतबाट पुतलीनानीले विष्णु डंगोललाई विवादित जग्गा दिन सक्ने अवस्था र दिएको समेत पुष्टि हुन आउने । § पुतलीनानीको मन्जूरीबाट प्राप्त गरेको जग्गा समेतको लिखत आफूले गरिदिएको हो भनि निज विष्णु डंगोल समेतले स्वीकार गरी रहेको अवस्था देखिंदा वादी दावी बमोजिमको दाता विष्णु डंगोल भएको २०२९।२।२४ को लिखत दावी बमोजिम जालसाजी नभई सद्दे व्यवहारको ठहर्ने । § राधा देवीको दाता र वादी तुलसी भक्तको परदाता पूर्ण महर्जनले गरिदिएको जग्गा रोपनी ०–१३–१ बाहेक सो स्थानमा राधा देवी र यी वादीको नाउंमा अन्य जग्गा प्राप्त भएको भन्ने देखिन आउंदैन भने मूल लिखत भन्दा बढी नै जग्गा खरिद गरी लिने समेतको हक भोगमा रहेको देखिन आउँदा तुलसी भक्त कै राजीनामामा दक्षिण किल्लामा पुतलीनानीलाई देखाएको कारणले साविक कि.नं. ४७ को राधा देवीलाई बिक्री गरे देखि बाहेक अरु जग्गा रहे भएको तथ्यमा विबाद गर्न सकिने अवस्था देखिन नआउने । § प्रत्यर्थी प्रतिवादीले लिएको लिखतमा नै घर उल्लेख भएको, सो घरमा जडान भएको धारा विजुली समेत निजैका नाउंमा दर्ता रहेको देखिन्छ । सो धारा बिजुली जडान गर्न आफूले सहमती दिएको वा निजको नाउंमा जडान भएको होइन, छैन भन्ने जिकिर पुनरावेदक वादी तर्फबाट रहेको देखिदैन । व्लक नम्बर आफ्ना नाउंमा रहेको भन्ने जिकिर लिए पनि मुद्दा परी रहेको अवस्थामा गरेको कार्यले मान्यता पाउन सक्दैन भने सो कारणबाट मात्र रितपूर्वक लिखत गरी लिएको र धारा बत्ती समेत आफ्नो नाउंमा जडान गरी खरिद गरेको मिति देखि नै अविछिन्न रुपमा भोग गर्दै आएको कुरालाई त्यस्तो विवादित व्लक नम्बर लिएको भन्ने झिनो मसिनो कुराले दरिलो र भरपर्दो उल्लेखित लिखत समेतका कागजलाई प्रभावहिन र निस्कृय बनाउन नसक्ने हुँदा घर आफूले बनाई बहालमा दिएको भन्ने वादीको जिकिरसंग सहमत हुने अवस्था नरहने । § प्रतिवादीले खरिद गरी लिएको घर जग्गा यो होइन कि भन्नलाई यी वादीले खरिद गर्दा लिएको जग्गाको ४ किल्लामा दक्षिण पुतली नानी भन्ने रहेको, पुतली नानीको र दाता विष्णु डंगोलको अदालतमा समेत भएको बयानमा पुतलीनानीले विष्णु डंगोललाई घर बनाउन मन्जूर दिएको र विष्णु डंगोलले घर बनाई बिक्री गरेको घर जग्गा नै यही हो भनि स्वीकार गरी रहेको देखिन्छ। विवादको घर भई आएको नक्साबाट यी तुलसी भक्तको घर जग्गा देखि दक्षिण मै रहेको समेत देखिन आउंनाका साथै प्रतिवादीले खरिद गरेको घर अन्यत्र रहेको छ भनी वादीले देखाउन सकेको अवस्था समेत नहुंदा विवादित घर नै विष्णु डंगोलले कृष्णबहादुर मानन्धरलाई पास गरि दिएको घर रहे भएको समेत पुष्टि हुने । § विवादको न.नं. ५ र ६ को घर जग्गा साविक कि.नं. ४७ पचली भैरव दिपमाला गुठीको भै प्रचलित कानूनी व्यवस्था अनुरुप छवायवाली खाने पुतली नानीको मन्जूरीले विष्णु डंगोलले घर बनाई सो घर जग्गा समेत यी प्रत्यर्थी प्रतिवादीलाई विष्णु डंगोलले लिखत गरी दिई २०२९।२।२४ देखि नै यी प्रत्यर्थी प्रतिवादीले हक भोग दर्ता समेत गराएको पुष्टि हुन आएकोले दावी बमोजिम बहाल भराई घर खाली गराई चलन समेत चलाई पाउने ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत हुन नसकिने । § विवादित घर प्रत्यर्थी प्रतिवादीको लिखत भित्रको निजकै हकभोगकै देखिन आएकोले वादी दावी नपुग्ने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहराई पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय मिलेकै देखिंदा सदर हुने । (प्र.नं. २१ देखि २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7267 |
|---|---|
| मुद्दाको विषय | बहाल भराई घर खाली गराई पाउं |
| निर्णय वर्ष / मिति | 2060/09/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत हुन नसकिने । | माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय मिलेकै देखिंदा सदर हुने । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत नहुंदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको रायसंग सहमत नहुंदा लगाउको मुद्दाहरु साथै सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५९।७।२५ को फैसला । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय मिलेकै हुंदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो । प्रत्यर्थी प्रतिवादी कृष्णबहादुर मानन्धरको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञ रत्न तुलाधर | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय मिलेको छैन । दावी नपुग्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विद्वान कानुन व्यवसायीहरुको उपर्युक्त बमोजिमको वहस जिकिर समेत सुनी सम्बन्धित मिसिल कागज अध्ययन गरी बिचार गर्दा यस मुद्दामा देहायको प्रश्नका सम्बन्धमा न्याय निरोपण हुनुपर्ने देखिन आयो । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत हुन सकिएन । माथि गरिएको विश्लेषणबाट विवादित घर प्रत्यर्थी प्रतिवादीको लिखत भित्रको निजकै हकभोगकै देखिन आएकोले वादी दावी नपुग्ने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहराई पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय मिलेकै देखिंदा सदर हुन्छ। नियमानुसार गरी मिसिल बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7267 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
